मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ भदौ १६ मंगलबार १०:३९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

चितवनमा एम्बुलेन्स दुर्घटना, पाँच घाइते

Read Time : < 1 मिनेट
२०७७ भदौ १६ मंगलबार १०:३९:००

चितवनमा बिरामी बाेकेकाे एम्बुलेन्स त्रिशूली नदीको किनारमा खस्दा पाँचजना घाइते भएका छन् ।

मंगलबार बिहान काठमाडौंबाट बिरामी लिएर सर्लाहीतर्फ जान लागेको ना.५च १०३३ नम्बरको एम्बुलेन्स चितवनको इच्छाकामना गाउँपालिका– ३ पानीधारामा अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटनापछि घाइते पाँचजनालाई उपचारको लागि भरतपुर ल्याइएको छ ।

घाइते हुनेमा एम्बुलेन्सचालक गौरीगन्ज गाउँपालिका– १ बस्ने वर्ष २८ का सरोज दाहाल, क्यान्सर बिरामी बरहथवा नगरपालिका– २ सर्लाही बस्ने ५० वर्षकी दिलमाया रानामगर, त्यसै ठाउँका ३४ वर्षका नरबहादुर मगर र २६ वर्षकी मेककुमारी रानामगर रहेका छन् ।

उनीहरूको अवस्था मध्यम रहे पनि बरहथवा नगरपालिका– २ सर्लाही बस्ने वर्ष १५ का बाधे रानामगर भने गम्भीर घाइते भएकाे जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख नान्तिराज गुरुङले जानकारी दिए ।