१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ भदौ १५ सोमबार १९:००:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

काठमाडौंका मेयर शाक्यलाई कोरोना संक्रमण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ भदौ १५ सोमबार १९:००:००

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना संक्रमण भएको छ । श्रीमती बिरामी भएपछि उपचारका लागि ग्रान्डी अस्पताल पुगेका मेयर शाक्यले दुई दिनअघि स्वाब दिएका थिए । उनलाई सोमबार कोरोना संक्रमण पुष्टि भएको निजी सचिवालयले जनाएको छ । 

तर, उनकी पत्नीलाई भने संक्रमण देखिएको छैन । कुनै पनि लक्षण नभएकाले आफू सुरक्षित रूपमा होम आइसोलेसनमा बसेको मेयर शाक्यले बताए । मेयर शाक्यलाई नै संक्रमण पुष्टि भएपछि सोमबार महानगरका अन्य पदाधिकारीहरूको स्वाब परीक्षणका लागि पठाइएको छ ।