मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ भदौ १५ सोमबार १२:०४:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

कोरोना संक्रमितको संख्या बढेसँगै गोरखा नगरपालिकाका पाँचवटा वडा सिल

Read Time : < 1 मिनेट
२०७७ भदौ १५ सोमबार १२:०४:००

गोरखाका नगरपालिकाले आफ्नो पाँचवटा वडालाई सिल गरेको छ । 

आइतबार नगरपालिकाभित्रका १२ जनामा कोरोना संक्रमणको पुष्टि भएसँगै नगरपालिकाका पाँचवटा वडा सिल गरिएको हो । 

गोरखा नगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै वडा नं. १०, ११, १२, १३  र १४ सिल गर्ने जानकारी गराएको छ । 

सोमबारदेखि लागू हुने गरी अत्यावश्यकबाहेक अन्य सबै सेवा, व्यापार, व्यवसायलगायतका सम्पूर्ण कार्य बन्द गर्न सूचनामा भनिएको छ । 

गोरखा नगरपालिकाले यस अवधिमा पिसिआर टेस्टको दायरालाई फराकिलो बनाउँदै लैजाने र थप कन्ट्याक्ट ट्रेसिङ गरी स्थितिलाई सामान्य अवस्थामा ल्याउन अर्को सूचना नभएसम्म गोरखा नगरपालिका कार्यालयका र सम्पूर्ण वडा कार्यालयहरू बन्द रहने उक्त सूचनामा उल्लेख छ । 

साथै नगरपालिकाले केही वडामा समुदायस्तरमा कोरोना संक्रमण देखिएको हुँदा सुरक्षाका मापदण्ड अपनाएर मात्र कार्य गर्नु सबैमा आग्रह गरेको छ । 

आइतबार गोरखा नगरपालिका वडा– १३ का सातजना पुरुष र तीनजना महिला, वडा– ८ र १० का एक–एकजनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।