१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ भदौ १३ शनिबार २०:१३:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

पहिरोपीडितलाई रकम निकासा र विस्थापितहरूको स्थानान्तरण गर्न सभामुखद्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ भदौ १३ शनिबार २०:१३:००

सिन्धुपाल्चोकमा बाढीपहिरोबाट विस्थापितहरूको सुरक्षित स्थानान्तरण गरी स्थायी आवास निर्माण गर्नेबारे प्रधानमन्त्री केपी ओली र सभामुख अग्निप्रसाद सापकोटाबीच छलफल भएको छ । शनिबार बेलुकी प्रधानमन्त्रीनिवास बालुवाटारमा भएको भेटघाटमा सापकोटाले सिन्धुपाल्चोकमा प्राकृतिक विपत्तिले निम्त्याएको क्षतिको विवरण पेश गर्दै अस्थायी बसोवासको प्रबन्ध गर्न  प्रधानमन्त्रीलाई जानकारी गराएका थिए ।

सभामुख सचिवालयका अनुसार भेटमा सापकोटाले जोखिममा परेका बस्तीहरूको भौगर्भिक अध्ययन गर्न टोली पठाउने, विस्थापितहरूको स्थानान्तरणसहित स्थायी बसोवासका लागि एकीकृत मोडेल बनाउने, अरनिको राजमार्ग व्यवस्थित गर्ने र जुरे पहिरोपीडितका लागि जनस्तरबाट संकलित  रकम निकासा गर्नेलगायतका विषय उल्लेख गरेका छन् । 

जवाफमा ओलीले विपत्तिबाट सिन्धुपाल्चोकमा भएको जनधनको क्षतिका विषयमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै सम्बन्धित कार्यहरू यथाशीघ्र अघि बढाउने बताएका थिए ।

३० साउनमा लिदी पहिरोबाट विस्थापित तथा जोखिममा रहेका घरपरिवारलाई जुगल गाउँपालिका– १ बाँसखर्कमा अस्थायी बसोवासको व्यवस्था मिलाइएको छ । १० भदौमा सभामुख सापकोटाले बाँसखर्क पुगेर अस्थायी बसोवासका लागि आएका लिदीवासीलाई सोलार, भाँडाकुँडा, लत्ताकपडा एवं सरसफाइका सामग्रीहरू हस्तान्तरण गरेका थिए ।