मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
रासस काठमाडौं
२०७७ भदौ १२ शुक्रबार १८:४४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

संघ, प्रदेश र स्थानीय तहका अस्पतालमा ६ हजार शय्या थप

Read Time : < 1 मिनेट
रासस काठमाडौं
२०७७ भदौ १२ शुक्रबार १८:४४:००

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड– १९ रोकथाम तथा उपचारका लागि संघ, प्रदेश र स्थानीय तहमा करिब ६ हजार दुई सय दुई शय्या थप गरेको छ । 

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोभिड– १९ को उपचार गर्न तीनवटै सरकारमातहतका अस्पतालमा ६ हजार दुई सय दुई शय्या थप गरेको जानकारी दिएका हुन् । उनका अनुसार केन्द्रीय अस्पतालमा एक हजार शय्या र प्रादेशिक अस्पतालमा एक हजार नाै सय ५७ शय्या थप गरिएको छ । 

यस्तै मन्त्रालयले अस्पताल नभएका ६ सय ४९ स्थानीय तहमा पनि जनशक्तिसहित अस्पताल बनाएको बताएको छ । गौतमले ती हरेक स्थानीय तहमा पाँच शय्याकाे अस्पताल बनाएको जानकारी दिए । यसरी पाँच शय्याको अस्पताल बनाउँदा तीन हजार दुई सय ४५ शय्याको थप भएको छ । 

यस्तै मन्त्रालयले शुक्रबार थप तीनवटा अस्पतलालाई कोभिड– १९ अस्पतालमा सूचीकरण गरिएको छ । वीरगन्जको नेसनल मेडिकल कलेज, काठमाडौंका कान्तिपुर अस्पताल र जनमैत्री अस्पताललाई कोभिड– १९ अस्पतालमा परिणत गरिएको गौतमले जानकारी दिए ।