Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
२०७७ भदौ १२ शुक्रबार १७:०९:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

नेपालमा अहिलेसम्म ७१ पत्रकार कोरोना संक्रमित 

Read Time : < 1 मिनेट
२०७७ भदौ १२ शुक्रबार १७:०९:००

कोरोना महामारी देशव्यापी बनेसँगै पत्रकार पनि संक्रमित हुने क्रम बढेकाे छ ।

नेपाल पत्रकार महासंघका अनुसार शुक्रबारसम्म ७१ जना पत्रकार तथा सञ्चारकर्मी संक्रमित भइसकेका छन् ।

महासंघका महासचिव रमेश विष्टले जारी गरेको विज्ञप्तिमा सुदूरपश्चिमबाहेक बाँकी ६ वटा प्रदेशका ७१ जना सञ्चारकर्मी संक्रमित भएको उल्लेख छ ।

संक्रमित हुनेमा प्रदेश १ का १३ जना पत्रकार छन् । त्यसमध्ये मोरङ जिल्लाका मात्र १२ जना र अर्का एकजना उदयपुरका हुन् । 

प्रदेश २ मा २७ जना पत्रकार संक्रमित भएका छन् । त्यसमा पर्साका १३, बाराका चार, धनुषाका दुई, सप्तरीका तीन, सर्लाहीका तीन, महोत्तरीका एक र रौतहटका एकजना रहेको महासंघले जनाएको छ । 

बागमती प्रदेशमा काठमाडौंका नौ र ललितपुरका दुई गरी ११ जना पत्रकार संक्रमित भएका छन् । 

त्यसैगरी गण्डकी प्रदेशमा नवलपुरका सात र कास्कीका एक गरी आठजना पत्रकार संक्रमित भएका छन् । 

प्रदेश ५ मा ११ जना पत्रकार संक्रमति भएका छन् । बाँकेका दुई, बर्दियाका एक, कपिलवस्तुका ६ र रुपन्देहीका दुईजना संक्रमित भएको महासंघले जारी गरको विज्ञप्तिमा उल्लेख छ ।

कर्णाली प्रदेशको दैलेख जिल्लाका एकजना संक्रमित भएका छन् ।

संक्रमितमध्ये केही निको भएको र केही उपचारकै क्रममा रहेको महासंघले जनाएको छ । 

संक्रमणको विषम परिस्थितिमा अग्रभागमा रहेर नेपाली सञ्चार क्षेत्रले निर्वाह गरिरहेको भूमिका सराहनीय भएको उल्लेख गर्दै फिल्डमा खटिने सञ्चारकर्मीहरूको निःशुल्क पिसिआर परीक्षणको व्यवस्था गर्न महासंघले सरकारसँग माग गरेको छ । 

महासंघले स्वास्थ्य सुरक्षाका सबै उपायहरू अवलम्बन गर्दै काम गर्न आमपत्रकार र सञ्चारकर्मीलाई आग्रह गरेको छ ।