१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ भदौ १२ शुक्रबार १४:३५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पूजारी हत्याको विरोधमा प्रदर्शन, १२ पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ भदौ १२ शुक्रबार १४:३५:००

रौतहटस्थित हनुमान मन्दिरका पूजारी हत्याको विरोधमा राप्रपासम्बद्ध राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनले घटनाको सत्यतथ्य छानबिनसहित हत्यारालाई कडा कारबाहीको माग गर्दै प्रदर्शन गरेको छ । 

प्रदर्शनमा सहभागी संगठनका केन्द्रीय अध्यक्ष महेश सिंहलगायत १२ विद्यार्थी नेता–कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएर दरबारमार्गमा राखेको छ । 

प्रदर्शनमा घटनाको सत्यतथ्य छानबिन गर, हत्यारालाई कारबाही गर, हिन्दुत्वमाथिको प्रहार बन्द गर, धर्मनिरपेक्षता खारेज गरजस्ता नारा लगाइएको थियो । 

राप्रपा नेता राजाराम बर्ताैलाले प्रहरीले १२ विद्यार्थी नेता–कार्यकर्तालाई पक्राउ गरी दरबारमार्ग प्रहरी चौकीमा राखिएको जनाए ।