१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
तस्बिर : एपी
रासस/एएनआई अफगानिस्तान
२०७७ भदौ १२ शुक्रबार ११:५७:००
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

बाढीका कारण अफगानिस्तानमा एक सय २० जनाको मृत्यु

Read Time : < 1 मिनेट
रासस/एएनआई अफगानिस्तान
२०७७ भदौ १२ शुक्रबार ११:५७:००

अफगानिस्तानमा हालैका दिनहरूमा आएको बाढीका कारण एक सय २० जनाको मृत्यु भएको समाचारमा जनाइएको छ । गएको दुई दिनदेखि अफगानिस्तानमा जारी निरन्तर वर्षाका कारण भीषण बाढी आएको  र सो बाढीमा परी एक सय २० जनाको मृत्यु भएको र अरू एक सय ५० जना घाइते भएका यहाँका सुरक्षा अधिकारीहरूले जानकारी दिएका छन् ।
 
ती घटनाहरू देशका कम्तीमा पनि १२ वटा प्रान्तहरूमा भएको यहाँका विपत्  व्यवस्थापनसम्बन्धी राज्यमन्त्री बहुद्दिन जिलानीले जानकारी दिएका हुन् । स्थानीय अधिकारीका अनुसार पार्वान प्रान्तमा मात्रै ८५ जनाको मृत्यु भएको छ भने त्यहाँ सयजना भन्दा बढी घाइते भएका छन् । 
 
बाढीको क्रम निरन्तर रहेकोले कतिपय प्रान्तका ठाउँमा उद्धारकर्ताले प्रभावकारी रूपमा उद्धारको काम गर्न नसकेको र कतिपय व्यक्तिको शव पनि नभेटिएको टोलो न्युजले समाचार सम्प्रेषण गरेको छ । 
 
विभिन्न क्षेत्रमा खटिएका ती उद्धारकर्ताले हराइरहेकाको शव भेट्टाउन तथा मानिसलाई जीवितै उद्धार गर्न सकिन्छ कि भनेर अहिले पनि प्रयास जारी राखेको जनाएका छन् ।
 
उनीहरूले हराएका व्यक्तिहरूको खोजीकार्य जारी राखेका, तैपनि अहिले पनि वर्षा नरोकिएकोले उद्धारको काम गाह्रो भइरहेको बताएका छन् । पीडितमध्ये अधिकांश महिला र बालबालिका रहेका उद्धारमा खटिएका व्यक्तिहरूले जनाएका छन् । स्थानीय समयअनुसार बुधबार दिउँसो झन्डै ३ बजेतिरबाट विनाशकारी बाढी आएको थियो ।
 
त्यसैगरी कापिसा प्रान्तको कोभान्ड जिल्लामा बाढीका कारण कम्तीमा दशजनाको मृत्यु भएको छ भने अरू दशजना घाइते भएका छन् ।