१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका
२०७५ पौष ३ मंगलबार १५:१८:००
Read Time : < 1 मिनेट
प्रदेश

 आमाको हत्या  गर्ने युवक पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ पौष ३ मंगलबार १५:१८:००

आमाको हत्या गरेका दैलेखको नारायण नगरपालिका–३ भूर्तिका बालाराम नेपालीलाई प्रहरीले पक्राउ गरेको छ । सोमबार दिँउसो ‘मर्न जान्छु’ भनेर हिँडेका बालारामलाई उनकी आमा ४७ वर्षीया पार्वतीले रोक्न खोजेकी थिइन् । उनले रोक्न खोज्दा बालारामले कोदालोले हानेका थिए । कोदालाले टाउँमा लागेपछि पार्वतीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

बालारामले रोक्न खोज्ने नातेदार जुवारी, कौशिला र मन्दिरालाई पनि कोदालोले हानेका छन् । तीनैजना घाइते रहेको र उनीहरूमध्ये जुवारीको अवस्था गम्भीर रहेको दैलेखका सई ठाकुरप्रसाद पोखरेलले बताए । तीनैजनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले बालारामलाई नियन्त्रणमा लिएको छ ।