१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
रासस/एएनआई वासिङ्टन
२०७७ भदौ ११ बिहीबार १५:११:००
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

युट्युबले तीन महिनामा एक करोड १४ लाख भिडियो हटायो

Read Time : < 1 मिनेट
रासस/एएनआई वासिङ्टन
२०७७ भदौ ११ बिहीबार १५:११:००

युट्युबले यस वर्षको दोस्रो त्रैमासिक अवधिमा एक करोड १४ लाखभन्दा बढी भिडियो हटाएको छ । 

कम्पनीको मापदण्ड तथा निर्देशिकाविपरीत रहेका भिडियोहरू हटाइएको कम्पनीद्वारा जारी वक्तव्यमा उल्लेख छ । 

भिडियोबारे प्राप्त उजुरी र आफैँले गरेको मूल्यांकनका आधारमा ती भिडियो हटाउनुपरेको कम्पनीले स्पष्ट पारेको छ । 

कम्पनीका अनुसार सन् २०२० को अप्रिलदेखि जुनसम्मको अवधिमा ती भिडियो हटाइएको हो । 

कम्पनीले यसअघि सन् २०१९ मा ९० लाखभन्दा कम भिडियो मात्रै हटाएको थियो । अघिल्लो वर्षको तुलनामा यस वर्ष अत्यधिक भिडियो हटाउनुपरेको कम्पनीको तथ्यांक छ । 

‘समाज र मानवप्रतिको जिम्मेवारी हाम्रो उच्च प्राथमिकताको विषय हो, कतिपय भिडियो सामग्रीले त्यसलाई दखल पार्ने निष्कर्षका साथ हामीले हटाएका छौँ,’ कम्पनीद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ । 

बालसुरक्षा र हिंसालाई भड्काउन नदिनेतर्फ कम्पनी सचेत रहेको पनि वक्तव्यमा जनाइएको छ ।

लोकप्रिय सामाजिक सञ्जालको रूपमा दिनप्रतिदिन उपभोक्ताहरू बढ्दै गएसँगै विकृति र दुरुपयोग पनि बढेको भन्दै आलोचना बढेपछि युट्युबले आफ्नो मापदण्ड र निर्देशिकालाई पनि कडा बनाउँदै लगेको छ ।