Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
गगन अयडी बाजुरा
२०७७ भदौ १० बुधबार ११:३८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बेलिब्रिज र झोलुंगेपुल बाढीले बगाएपछि तुइन चढेर जोखिमपूर्ण यात्रा  

Read Time : < 1 मिनेट
गगन अयडी, बाजुरा
२०७७ भदौ १० बुधबार ११:३८:००

बाजुरा जिल्ला सदरमुकाम मार्तडी जान तुइन चढेर यात्रा गर्नुपर्ने भएको छ ।  साँफे–मार्तडी सडकखण्डमा पर्ने  बडिमालिका नगरपालिकाको जडाङको बुढीगंगा नदीमा रहेको बेलिब्रिज र झोलुंगेपुल बाढीले बगाउँदा स्थानीयले निर्माण गरेको तुइन चढेर यात्रा गर्नुपर्ने बाध्यता रहेको छ ।

तुइन चढेबापत  प्रतिव्यक्ति ५० रुपैयाँ तिर्नुपर्छ ।  जिल्ला सदरमुकाम र बाजुरा जिल्लाको पूर्वीउत्तरी भेगमा रहेका स्थानीयको यातायात गर्नका लागि अर्को विकल्प  नहुँदा यही तुइन चढ्नुपर्ने  बाध्यता रहेको  स्थानीय  रिता शाहीले बताइन्  । उनले भनिन्, ‘बुढीगंगा नदीको तुइनमा  ५० रुपैयाँ तिरेर जिल्ला सदरमुकाम जान बाध्य भएका छाै‌ँ ।’ 

यता  परे बडुवा  जोखिम मोलेर तुइन  चलाइरहेका र प्रतिव्यक्ति ५० रुपैयाँ लिने गरेको भए पनि ज्यान जोखिममा राखेर वारपार गराउने गरेको बताउँछन् ।बाजुराको साँफे–मार्तडी सडकअन्तर्गत जडाङमा रहेको बुढीगंगा नदीमा बेलिब्रिज र झोलुंगेपुल बगाएपछि अहिले सो ठाउँमा तुइनबाट आवतजावत गर्नुपरेको छ ।                                    

स्थानीयले आफैँ निर्माण गरेको तुइनमा दैनिक जोखिम यात्रा गरेर सदरमुकाम आउन र सदरमुकामबाट बाहिर जान बाध्य भएका छन् । साउन २५ गते राति अविरल वर्षासँगैे आएको बाढीले बेलिब्रिज र नजिकै रहेको झोलुंगेपुल बगाएपछि सो ठाउँमा आवतजावत गर्न स्थानीयले  तुइन बनाएका हुन् ।