मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ भदौ १० बुधबार ११:४७:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

काठमाडाैं उपत्यकामा निषेधाज्ञा १७ गतेसम्म लम्बियो (भिडियाेसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ भदौ १० बुधबार ११:४७:००

उपत्यकामा निषेधाज्ञा एक साता लम्बिएको छ । उपत्यकाका तीनै जिल्लाले १७ भदौसम्मका लागि निषेधाज्ञा थप्ने निर्णय गरेका छन् ।

‘हामीले सर्वपक्षीय छलफल गर्दा सबै पक्षले थप्नुपर्नेमै जोड दिनुभयो,’ काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले भने, ‘एक साताको अवधिमा संक्रमण दर घटेको र दुई सातापछि धेरै कम हुन्छ भन्ने विज्ञहरूको भनाइ छ ।’

यसपटक निर्णय गर्नुअघि सबै स्थानीय तह, व्यवसायीलगायतसँग छलफल भएकाले थप कडाइ गरिने उनको भनाइ छ ।

गत ४ भदौदेखि उपत्यकामा निषेधाज्ञा लागू गरिएको हो । पहिलाेपटक ४ गतेदेखि १० गते बुधबारसम्मका लागि निषेधाज्ञा लागू गरिएकाे थियाे ।  निषेधाज्ञाको अवधिमा उपत्यकामा दैनिक दुई सयभन्दा धेरै नयाँ संक्रमित थपिएका छन् ।

निषेधाज्ञाले संक्रमणको ‘चेन ब्रेक’ गरेकाले दुई सातापछि यसको प्रभाव देखिने सिडिओ दाहाल बताउँछन् ।

सामाजिक दूरी, मास्क तथा स्यानिटाइजरको प्रयोगजस्ता नियमलाई अनिवार्य पालना गरे संक्रमण सहजै नियन्त्रण गर्न सक्ने भएकाले नियम पालना गरेर सहयोग गर्न उनले आग्रह गरेका छन् ।