मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ भदौ ९ मंगलबार १५:३२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

एक वर्षभित्र ‘सडक बालबालिकामुक्त’ बनाउँछौँ : मन्त्री गुरुङ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ भदौ ९ मंगलबार १५:३२:००

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले सरकारले एक वर्षभित्र नेपाललाई सडक बालबालिकामुक्त घोषणा गर्ने तयारी गरिरहेको बताएका छन् । उनले सरकारले यही वर्ष सडक बालबालिकामुक्त घोषणा गर्ने तयारी गरे पनि कोभिड– १९ का कारण पुनः ठूलो संख्यामा बालबालिकाहरू सडकमा देखिने जोखिम रहेको बताए । 

मंगलबार कोभिड– १९ का कारण बालबालिकामाथि परेको प्रभावसम्बन्धी दक्षिण एसियाली राष्ट्रहरूको सहकार्य विषयक वेभिनारमा बोल्दै मन्त्री गुरुङले भने, ‘यही वर्षभित्र घोषणा गर्ने तयारी थियो, तर बाढीपहिरो र कोरोनाका कारण धेरै बालबालिका सडकमा देखिने अवस्था सिर्जना भएको छ, त्यसैले तिनलाई पनि व्यवस्थित गर्दै आगामी वर्षभित्र सडक बालबालिकामुक्त घोषणा गर्ने तयारी भइरहेको छ ।’ 

मन्त्री गुरुङले नेपालमा दशवर्षे जनयुद्ध, भूकम्प, विभिन्न महामारी, बाढीपहिरो र खडेरीका कारण बालबालिकाहरू सबैभन्दा बढी प्रभावित भएको र सडकमा आइपुगेको बताए । ‘अहिले कोभिडले पनि बालबालिकाहरूमाथि ठूलो प्रभाव पारेको छ, यस्तो संकटका वेला उनीहरूको संरक्षण, स्वास्थ्य, शिक्षासहितका अधिकारको सुनिश्चितता गर्नुपर्ने अवस्था छ,’ उनले भने ।

मन्त्री गुरुङले सरकारले बालबालिकाका समस्या सम्बोधन गर्दै समाधान गर्नका लागि दशवर्षे रणनीतिक योजना बनाएर बाल अधिकार प्रवर्द्धन र संरक्षणको प्रयास गरिरहेको बताए । ‘दशवर्षे कार्ययोजना मन्त्रिपरिषदमा पुगेको छ, अन्य नियमावली र कार्यविधिहरू पनि समयानुकूल परिवर्तन गर्दै अघि बढेका छौँ,’ मन्त्री गुरुङले भने, ‘बालबालिकाका नाममा भएका विकृति अन्त्य गर्न सरकार जस्तोसुकै कदम चाल्न पनि तयार छ ।’ उनले नेपाल बाल संगठनलाई पुनर्गठन गर्ने तयारी गरेको बताए ।