मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ भदौ ९ मंगलबार १४:४२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

पाँच सय शय्याको आइसोलेसन बनाउन प्रदेश १ का मुख्यमन्त्रीको निर्देशन 

Read Time : < 1 मिनेट
२०७७ भदौ ९ मंगलबार १४:४२:००

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले धरानस्थित बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पाँच सय शय्याको आइसोलेसन तयार गर्न पदाधिकारीलाई निर्देशन गरेका छन् । 
  
बिरामीहरूले प्रभावकारी उपचार नपाएको र संक्रमितहरू घरघरमै बस्न बाध्य भएको गुनासो बढेपछि मुख्यमन्त्री राईले मंगलबार बिपीका पदाधिकारीहरू उपकुलपति ज्ञानेन्द्र गिरी, रेक्टर गुरु खनाल र रजिष्ट्रार मोहन रेग्मीलाई  मन्त्रालयमा बोलाएर पाँच सय शय्याको आइसोलेसन तुरुन्त बनाउन निर्देशन दिएका हुन् ।  

मुख्यमन्त्री राईका प्रेस सल्लाहकार ध्रुव सुवेदीका अनुसार कोभिड र अन्य सबै  बिरामीहरूलाई उपचारको  प्रभावकारी व्यवस्था मिलाउन पनि बिपीका  पदाधिकारीहरूलाई निर्देशन गरेका छन्   । ‘आएका सबै बिरामीको राम्रो उपचार गराउनुहोस्  र कसैले पनि उपचारबाट वञ्चित हुन नपरोस्,’ मुख्यमन्त्रीले निर्देशनमा भनेका छन् ।

पिसिआर परीक्षणको दायरा बढाउन र  बिपीमा मुख्यमन्त्री राई आफैँले उदघाटन गरेको दुई सय बेडको कोभिड अस्पताल चाँडै  पूर्ण अवस्थामा सञ्चालनमा ल्याउन पनि पदाधिकारीहरूलाई अह्राएका छन् ।