मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
एजेन्सी नयाँदिल्ली
२०७७ भदौ ९ मंगलबार ०७:३७:००
Read Time : < 1 मिनेट
विश्व प्रिन्ट संस्करण

अधिवेशन नभएसम्म  सोनिया गान्धी अन्तरिम अध्यक्ष

Read Time : < 1 मिनेट
एजेन्सी नयाँदिल्ली
२०७७ भदौ ९ मंगलबार ०७:३७:००

सोनिया गान्धी अर्को व्यवस्था नहुँदासम्म कंग्रेस पार्टीकी अन्तरिम अध्यक्ष बन्न तयार भएकी छिन् । कंग्रेस कार्यसमितिले सोमबार अन्तरिम अध्यक्षको प्रस्ताव राखेपछि उनले स्विकारेकी हुन् । कंग्रेस नेता वेणुगोपाल र रणदीपले कार्यसमितिको बैठकले सर्वसम्मत रूपमा सोनियालाई अन्तरिम अध्यक्षको रूपमा प्रस्ताव गरेको भारतीय मिडियालाई जानकारी दिएका छन् । 

यसअघि राहुल गान्धीले अध्यक्ष जिम्मेवारी लिन अस्वीकार गरेका थिए । सन् २०१९ मा सम्पन्न लोकसभामा कंग्रेस पराजित भएपछि राहुलले अध्यक्षबाट राजीनामा दिएका थिए । त्यसपछि २०१९ को अगस्टदेखि नै सोनिया अन्तरिम अध्यक्षकी रूपमा थिइन् । 

कंग्रेस प्रवक्ता रणदीप सुरेजवालाका अनुसार पार्टीको अधिवेशनमै अध्यक्ष चुनिनेछ । नयाँ अध्यक्षको नाम तय गर्न सोमबार बोलाइएको कंग्रेसको कार्यसमिति बैठक सात घन्टासम्म चलेको थियो । बैठकको सुरुमै सोनियाले अन्तरिम अध्यक्ष पद छाड्ने प्रस्ताव राखेकी थिइन् । तर, कार्यसमितिले उनको यो प्रस्ताव स्वीकार गरेन । 

कार्यसमितिले उल्टै ६ महिनापछि हुने अधिवेशनसम्म अन्तरिम अध्यक्ष पदमै रहनुपर्ने प्रस्ताव प्रस्तुत गरेको थियो । बैठकमा राहुल गान्धीले कंग्रेसका केही नेताले भारतीय जनता पार्टीसँग साँठगाँठ राखेको आरोप लगाएका थिए । उनको भनाइपछि बैठकमा चर्काचर्की चल्यो । बैठकमा केही नेताले राहुललाई आरोप सावित गर्न चुनौती दिएका थिए ।