Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
२०७७ भदौ ८ सोमबार २०:०८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सीमानाकामा कडाइ गर्न मुख्यमन्त्रीको निर्देशन

Read Time : < 1 मिनेट
२०७७ भदौ ८ सोमबार २०:०८:००

प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशका १२ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) लाई सीमानाकामा कडाइ गर्न निर्देशन दिएका छन् । मुख्यमन्त्री पोखरेलले प्रदेशका १२ वटै सिडिओसँग सोमबार एकीकृत भिडियो संवाद गरी कोरोना रोकथाम तथा उपचारमा भइरहेका प्रयाससहित अन्य काम प्रभावकारी बनाउन निर्देशन दिएका हुन् ।

मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीका अनुसार कार्यक्रममा प्रमुख जिल्ला अधिकारीहरूले जिल्लाको समग्र अवस्थाको जानकारी गराएका थिए । मुख्यमन्त्रीले पनि क्वारेन्टिन र आइसोलेसन केन्द्र आवश्यकताअनुसार बनाउन, पिसिआर परीक्षण र कन्ट्याक्ट ट्रेसिङलाई प्रभावकारी बनाउन निर्देशन दिएका थिए । उनले लकडाउन र निषेधाज्ञा  आवश्यकता र औचित्यको आधारमा मात्र गर्न र लकडाउन, निषेधाज्ञा पालनामा कडाइ गर्न पनि जोड दिएका थिए । यस्तै भारतबाट आउने नागरिकको व्यवस्थित अभिलेख राखी प्रवेश दिन, होल्डिङ र क्वारेन्टिनमा राखेर सम्बन्धित जिल्लामा पठाउन, सीमाबाट छोटो आवतजावतलाई रोक्न र सीमानाकामा कडाइ गर्न निर्देशन दिए ।

मुख्यमन्त्री पोखरेलले कोभिड– १९ ले सिर्जना गरेको मानवीय त्रासलाई न्यूनीकरण गर्न सञ्चारमाध्यममार्फत सूचना प्रवाह गर्न तथा कोभिडको उपचार तथा शान्ति सुरक्षाको प्रबन्ध गर्न आग्रह गरे । कार्यक्रममा उनले प्रमुख जिल्ला अधिकारीहरूले अहिलेसम्म गरेको कामको प्रशंसा पनि गरे । अब यसअघि भएका कामको समीक्षा गरी कमजोरी भएका ठाउँमा सुधार गरी अघि बढ्न निर्देशन दिए ।