मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ बैशाख १० शुक्रबार
  • Friday, 23 April, 2021
रासस(एएनआई) भारत
२०७७ भदौ ८ सोमबार १२:३५:००
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

भारतमा एकैपरिवारका पाँच सदस्यको घरमै झुन्ड्याएर हत्या

Read Time : < 1 मिनेट
रासस(एएनआई) भारत
२०७७ भदौ ८ सोमबार १२:३५:००

भारतको मध्यप्रदेशस्थित एक घरका पाँचजना सदस्यको उनीहरूकै घरमा झुन्ड्याएर हत्या गरिएको पाइएको प्रहरीले जनाएको छ । परिवारका सबै सदस्यलाई झुन्ड्याइएको भन्ने सूचनाका आधारमा गएको प्रहरीले उनीहरूको हत्या गरिएको पाइएको जनाएको हो ।

आइतबार राति सो घटना भएको प्रहरीले जनाएको छ । ती सबै शवलाई प्रहरीले अहिले पोस्टमार्टमका लागि पठाइएको जानकारी दिएको छ । उनीहरू एकैघरका परिवार रहेको जानकारी छिमेकीले दिएका छन् भने हत्याको कारण के हो र कसले गरेको हो भन्नेबारेमा केही थाहा भएको छैन । 

भारतीय प्रहरीका अनुसार यस घटनाको ‘फोरेन्सिक साइन्स ल्याब’का अधिकारीहरूको सहयोगमा अनुसन्धान भइरेहको र अनुसन्धानपछि त्यो घटना किन र कसरी भएको हो भन्नेबारेमा पत्ता लाग्नेछ । 

भारतीय राज्य मध्यप्रदेशको टिकमगर जिल्लामा सो दुर्घटना भएको बताइएको छ । आइतबार राति घरका सबैजना सदस्यलाई झुन्ड्याएर हत्या गरिएको भने पुष्टि भएको सो टिकामगर जिल्लाका एसपी प्रशान्त खरेले यहाँका स्थानीय सञ्चारमाध्यमहरूलाई जानकारी दिए । 

खरेले सञ्चारमाध्यमहरूलाई आफूहरूले वैज्ञानिक रूपमा यसको अनुसन्धान गर्ने र सबै तथ्य अनुसन्धानपछि पत्ता लाग्ने बताएका छन् ।