मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
तिवारी यादव
२०७५ माघ १८ शुक्रबार १८:४७:००
Read Time : < 1 मिनेट
समाचार

नेविस‌ंघले निकालेकाे मसाल जुलुसमा २ घाइते

Read Time : < 1 मिनेट
तिवारी यादव
२०७५ माघ १८ शुक्रबार १८:४७:००

नेपाल विद्यार्थी संघ (नेविसंघ) पर्साले प्रधानमन्त्री केपी ओलीकाे विरोध गर्दै निकालेको मसाल जुलुसमा दुई जना घाइते भएका छन् । ठाकुरराम बहुमुखी क्याम्पसबाट निकालेको जुलुसलाई प्रहरीले हस्तक्षेप गर्ने क्रममा विद्यार्थी नेता विकेश पटेल र रन्जन चौरसिया घाइते भएका हुन् । 

घाइते पटेलको मुख जलेको छ, भने चौरसियाको खुट्टामा चोट लागेको नेविसंघका केन्द्रीय सदस्य बद्री तिवारीले जानकारी दिए । ओली सरकारले अधिनायकवाद लादेको भन्दै नेविसंघ पर्साले आन्दोलन गर्दै आएको छ । नेविसंघ पर्साका अध्यक्ष विश्वास दिवेदीको नेतृत्वमा निकालिएको जुलुसमा केन्द्रीय सदस्य सुधीर पटेल लगायत नेता कार्यकर्ता सहभागी भएका थिए ।