मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
अर्जुन अधिकारी
२०७५ माघ १८ शुक्रबार १८:४५:००
Read Time : < 1 मिनेट
समाचार

गोविन्द केसीले साँझ ७ बजे अनसन तोड्दै

Read Time : < 1 मिनेट
अर्जुन अधिकारी
२०७५ माघ १८ शुक्रबार १८:४५:००

अनसनरत डा. गोविन्द केसीले आफ्नो अनसन तोड्ने भएका छन् । संघीय संसदबाट बिहीबार चिकित्सा शिक्षा विधेयक पारित भइ ऐन बनेको थियो । सो विधेयकले आफ्ना माग पुरा गर्न नसकेको ठहर गर्दै डा. केसी अनसन बसेका थिए । केसीले अहिले साँझ ७ बजे अनसन तोड्न लागेका हुन् ।

बिहीबार कांग्रेस सभापति शेरबहादुर देउवा र शुक्रबार पूर्वराष्ट्रपति रामबरण यादव, केदारभक्त माथेमा, दिनेश त्रिपाठी लगायतका नागरिक अगुवाका साथै विभिन्न चिकित्सक संघसंगठनको आग्रहपछि १६औँ अनसन २४औँ दिनमा तोड्न राजी भएका हुन् ।