मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
पदम बडाल
२०७५ पौष ३ मंगलबार १५:१७:००
Read Time : < 1 मिनेट
समाचार

२५ वर्षपछि संचालन हुने विमानस्थलमा भौतिक संरचना बाधक

Read Time : < 1 मिनेट
पदम बडाल
२०७५ पौष ३ मंगलबार १५:१७:००

पच्चीस वर्षदेखि बन्द रहेको दार्चुलाको विमानस्थल पुनः सञ्चालन गर्दा विमानस्थलको दक्षिणतिर निर्माण गरिएका घर र पुल बाधक हुन सक्ने देखिएको छ । गोकुलेश्वर विमानस्थलको अनुगमन गर्न दार्चुला पुगेको प्राविधिकको टोलीले घर र पुल बाधक बन्ने बताएका हुन् । झन्डै पच्चीस वर्षदेखि बन्द दार्चुलाको गोकुलेश्वर विमानस्थल पुनः सञ्चालनका लागि प्राविधिक टोलीले अध्ययन गरेको हाे ।

०५० सालसम्म सञ्चालनमा रहेको गोकुलेश्वर विमानस्थलमा सशस्त्र द्वन्द्व सुरु भएयता विमान अवतरण भएको छैन । विभिन्न कारण देखाउँदै विमानस्थल सञ्चालनमा आएको छैन । बन्द गोकुलेश्वर विमानस्थल सञ्चालनका लागि अध्ययन गर्न नागरिक उड्डयन प्राधिकरणबाट प्राविधिकको टोली दार्चुला आएको हो । नागरिक उड्डयन प्राधिकरणबाट इन्जिनियर बालकिशोर रेग्मीको नेतृत्वमा तीन सदस्यीय प्राविधिक टोली विमानस्थलको अध्ययन सकेर फर्किएको छ । 

इन्जिनियर बालकिशोर रेग्मीले भने, ‘अहिले विमानस्थलको सामान्य अध्ययन गरेका हौँ, अध्ययन पश्चात् प्रतिवेदन तयार पारेर विभागलाई बुझाउँछौँ । अध्ययनका क्रममा विमानस्थलको दक्षिणतिर बनेका घर र पुल नै विमानस्थल पुनः सञ्चालनका लागि बाधक हुने देखिएको इन्जिनियर रेग्मीले बताए । २/३ ओटा घर र दार्चुला–बैतडी जोड्ने मोटर पुल विमानस्थल सञ्चालनमा बाधक देखिएको उनले बताए । 

केही घर हटाउनुपर्ने र पुलको माथिल्लो मागसमेत समस्याका रूपमा रहेकाले हटाउन सके विमानस्थल सञ्चालन गर्न सकिने प्राविधिकहरूले निष्कर्ष निकालेको उनको भनाइ छ ।
 
पहल गरिरहन्छौँ : ठगुन्ना

दार्चुलाबाट निर्वाचित प्रतिनिधिसभाका सांसद गणेशसिंह ठगुन्नाले विमानस्थल सञ्चालनका लागि अघिल्लो वर्षसमेत प्राविधिक टोली खटाइएको बताए । जिल्लाको समृद्धिका लागि गोकुलेश्वर विमानस्थल सञ्चालन गर्न आवश्यक रहेकाले विमानस्थल पुनः सञ्चालनका लागि पहल गरिरहने ठगुन्नाले बताए ।