मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ भदौ ७ आइतबार १८:३२:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

काठमाडौं महानगरपालिकामा मात्रै एक हजार ६ सय ६ जना संक्रमित, एक सय ८८ निको भए 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ भदौ ७ आइतबार १८:३२:००

काठमाडौं उपत्यकामा मात्रै कोरोना संक्रमितको संख्या दुई हजार नौ सय ७५ पुगेको छ । आइतबार काठमाडौंमा एक सय २६, ललितपुरमा १२ र भक्तपुरमा २८ जना नयाँ संक्रमित थपिएसँगै उपत्यकामा संक्रमितको संख्या दुई हजार नौ सय ७५ पुगेको हो । 

शनिबार काठमाडौंमा एक सय ६०, भक्तपुरमा ५० र ललितपुरमा ६ जना गरी दुई सय १६ जनामा संक्रमण पुष्टि भएको थियो । अहिलेसम्म संक्रमितमध्ये काठमाडौंमा दुई हजार तीन सय ८१, ललितपुरमा तीन सय ६२ र भक्तपुरमा दुई सय ३२ छन् । 

उपत्यकामा संक्रमितमध्ये आधाभन्दा बढी अर्थात् एक हजार ६ सय ६ जना संक्रमित काठमाडौं महानगरभित्रै रहेका छन् । महानगरमा मात्रै बुधबार एक सय पाँच, बिहीबार एक सय ११, शुक्रबार एक सय २६ र शनिबार ६९ जनामा संक्रमण पुष्टि भएको थियो । महानगरको स्वास्थ्य महाशाखाकाअनुसार अहिलेसम्म संक्रमितमध्ये तीन सय ४२ जनाभन्दा बढी होम आइसोलेसनमै बसेका छन् । महानगरभित्रका एक सय ८८ जना निको भएका महानगरको तथ्यांक छ । 

महानगरका वरिष्ठ कविराज निरीक्षक ज्ञानबहादुर ओली भन्छन्, ‘कहिले को निको भएर आयो ? हामीलाई अस्पतालले पनि थाहा दिँदैन, न त मन्त्रालयले थाहा दिन्छ, संक्रमणमुक्त भएकाले पनि थाहा दिँदैनन्, त्यसैले यो संख्या न्यून देखिएको छ ।’ महानगर भित्रमात्रै आठजनाको मृत्यु भएको छ ।