१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ भदौ ७ आइतबार १७:०३:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

काठमाडौंमा समुदायस्तरमा कोरोना फैलिए नियन्त्रण गर्न कठिन : स्वास्थ्य मन्त्रालय

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ भदौ ७ आइतबार १७:०३:००

करिब ५० लाख जनसंख्या भएको काठमाडौं उपत्यकामा कोरोना संक्रमण समुदायस्तरमा फैलिए नियन्त्रण गर्न कठिन हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा आइतबार प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौंमा केही दिनयता संक्रमण बढ्दै गएको उल्लेख गर्दै धेरै जनसंख्या भएकाले समुदायस्तरमा फैलिए नियन्त्रण गर्न कठिन हुने बताए ।

‘काठमाडौंमा बढिरहेको संक्रमितको संख्याले हामीलाई चिन्तित बनाएको छ,’ उनले भने, ‘उपत्यकाको जनसंख्या झन्डै ५० लाख छ । यहाँ संक्रमण समुदायस्तरमा पुग्यो भने कन्ट्रोल गर्न धेरै कठिन हुनेवाला छ ।’ 

जनस्वास्थ्यकाे मापदण्ड अपनाउन मन्त्रालयले गर्दै आएको अनुरोध पालना नभएकाले पनि काठमाडाैंमा संक्रमण बढेको बताए । राजनीतिक दल, संघसंस्थालाई भेला, जुलुस नगर्न सचेत गराए पनि त्यो राम्रोसँग पालना नभएको उल्लेख गर्दै उनले भने, ‘जनस्वास्थ्यको मापदण्ड पालना नगरेको कारणबाट काठमाडौंमा संक्रमणको दर बढेको छ ।’

उनले अत्यावश्यक नभई घरबाट ननिस्कने, दूरी कायम नगरेकाे, मास्कको प्रयोग, हात धुने नियम सबैलाई पालना गर्न आग्रह गरे । ‘आफू सुरक्षित बसेर अरूलाई पनि सुरक्षित रहन सहयोग गरौँ,’ उनले भने ।