मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ भदौ ७ आइतबार १५:१९:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

कोरोना असर : मध्यपूर्वमा एक लाख नेपाली उद्धारको पर्खाइमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ भदौ ७ आइतबार १५:१९:००

गैरआवासीय नेपाली संघले मध्यपूर्वका देशमा अझै एक लाखभन्दा बढी नेपाली उद्धारको पर्खाइमा रहेको जनाएको छ । 

एनआरएनएको कोभिड– १९ उच्चस्तरीय समितिका संयोजक तथा अध्यक्ष कुमार पन्तले मध्यपूर्वमा धेरै नेपाली समस्यामा रहेको जनाउँदै छिटो उद्धारको आवश्यकता रहेको जनाएका छन् । 

उनले विदेशमा रहेका गैरआवासीय नेपालीलाई नेपाल फर्कन सहज वातावरण मिलाउनसमेत नेपाल सरकारलाई आग्रह गरेका छन् ।  

पछिल्लोपटक सरकारले सर्तसहित विदेशमा अलपत्र परेका नेपालीलाई स्वदेश ल्याउन उद्धार उडान एवं चार्टर्ड उडान गर्ने निर्णय गर्नु सकारात्मक भए पनि गैरआवासीय नेपालीका सवालमा कुनै सम्बोधन नभएको भन्दै अध्यक्ष पन्तले सो आग्रह गरेका हुन् । 

सरकारले स्वदेश फिर्तीमा उचित सम्बोधन नगरिदिँदा अत्यावश्यक कामका लागि नेपाल आउनुपर्ने गैरआवासीय नेपाली समस्यामा परेको उनले बताए । नेपालमा आफन्तको काजकिरिया गर्न जानेदेखि व्यावहारिक कामका लागि नेपाल नगई नहुने गैरआवासीय नेपालीहरूलाई समेत आवश्यक भिसा, सुविधा उपलब्ध गराई नियमित उडानमार्फत नेपाल फर्किने वातावरण मिलाउन संघले सरकारको ध्यानाकर्षण गराएको हो ।  

संघले सरकारले ससर्त खुल्ला गर्न लागेको अन्तर्राष्ट्रिय नियमित उडानलाई अझ व्यावहारिक र व्यवस्थित गर्न नेपाल सरकारसँग आग्रह गरेको छ । यसअघि विदेशमा अलपत्रमध्ये हालसम्म ५१ हजार चार सय ४१ जनाको उद्धार गरिएको छ ।

गैरआवासीय नेपाली संघ, नेपाली राजदूतावास र कूटनीतिक नियोगबीचको सहकार्यमा कोरोना भाइरसका कारण जारी लकडाउनले विदेशमा अलपत्र नेपालीको उद्धार गरिँदै आएको छ । विभिन्न ३० मुलुकमा भएको तीन सय २७ उडानमार्फत उनीहरूलाई उद्धार गरिएको हो ।