Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ भदौ ५ शुक्रबार १६:०९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

क्वारेन्टाइनका लागि तोकिए होटेल, प्रतिदिन शुल्क १५ सय देखि नाै हजारसम्म

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ भदौ ५ शुक्रबार १६:०९:००

सरकारले कोरोना संक्रमणको कारण स्वदेश फर्किएर आउनैपर्ने अवस्थामा रहेका नेपालीहरू स्वदेश फर्केपछि बस्नका  लागि होटेल क्वारेन्टाइन तोकेको छ । 

जिल्ला प्रशासन कार्यालय काठमाडौंले पर्यटन विभागसँगको परामर्शमा काठमाडौंका पाँचतारेसहित एयरपोर्ट, गौशाला, नयाँ बसपार्क र कलंकी क्षेत्रका साना–ठूला होटेलको सम्पर्क नम्बरसहितको सूची सार्वजनिक गरेको हो । 

विदेशबाट फर्किने यात्रुले एउटा कोठाको प्रतिदिन १५ सय देखि नाै हजार रुपैयाँसम्मका कोठा लिन सक्नेछन् भने एउटै कोठामा दुईजनासम्म बस्न पाउनेछन् । 

स्वदेश आउनैपर्ने अवस्थामा रहेका नेपालीलाई सहजीकरण गर्नेसम्बन्धी आदेश, ०७७ बमोजिम जिल्ला संकट व्यवस्थापन केन्द्रको निर्णयबमोजिम होटेलहरूको सूची प्रकाशन गरिएको प्रशासनले जनाएको छ । 

अब विदेशबाट फर्किने नेपालीले काठमाडौंका तोकिएका होटेलमा आफूलाई पायक पर्ने दररेटमा होटेल बुक गर्न सक्नेछन् ।