मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ भदौ ५ शुक्रबार ०९:३१:००
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

तिजमा मेकअप कसरी गर्ने ?

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ भदौ ५ शुक्रबार ०९:३१:००

विज्ञको सल्लाह
रीता श्रेष्ठ
मेकअप आर्टिस्ट
गुणा ब्युटिपार्लर एन्ड 
ट्रेनिङ सेन्टर

- सौन्दर्यले व्यक्तित्व झल्काउँछ । व्यक्तित्वमा निखार ल्याउन र आत्मविश्वास बढाउनसमेत मेकअप आवश्यक मानिन थालिएको छ । सामान्यतः भोजभतेर, सभा, गोष्ठीका लागि मात्र गरिने मेकअपलाई मेकअप मान्ने गरिछ । छालालाई स्वस्थ र सुन्दर राख्न गरिने हेरचाह पनि मेकअपभित्र पर्ने गर्छ । स्मार्ट देखिन र छालाको स्वास्थ्यलाई ध्यानमा राखेर घरमै बस्दा पनि मेकअप आवश्यक पर्ने धारणाको विकास हुँदै गएको छ ।

- तिजमा रमाइलो गर्ने भएकाले सकेसम्म हलुका मेकअप गर्नुपर्छ । यसपटक घरमै तिज मनाइने हुँदा कपडा र गहनाअनुसार सामान्य मेकअप गर्दा राम्रो हुन्छ ।

- मेकअपको सामग्री प्रयोग गर्नुभन्दाअगाडि अनुहार सफा अर्थात् क्लिन्जिङ गर्नुपर्छ । केही समयपछि अनुहारमा टोनर र मोस्चराइजर लगाउनुपर्छ । छालालाई मेकअपका प्रशाधनले असर नपु¥याओस् भन्न मेकअपअगाडि अनिवार्य मोस्चराइजरको प्रयोग गर्नुपर्छ ।

- साडी र गहनासँग मिल्ने मेकअप गर्नुपरेमा सनस्क्रिन लगाइसकेपछि प्राइमर लगाउनुपर्छ । त्यसपछि आँखाको मेकअप गर्न सकिन्छ । आइब्रो मिलाउन आइब्रो पाउडर लगाउने र आइमेकअप गनुपर्छ । आइब्रो पाउडर लगाइसकेपछि हलुका हाइलाइट गर्न सकिन्छ । आइस्याडो हलुका हुनुपर्छ । 

- अनुहारमा फाउन्डेसन लगाउने र यसलाई बेलेन्ड गर्नुपर्छ । त्यसपछि मेकअपअनुसार लुज वा कम्प्याक्ट पाउडर प्रयोग गर्न सकिन्छ । ब्ल्सर गालामा र नाकमा हाइलाइट गर्न सकिन्छ ।