मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७७ भदौ ४ बिहीबार १७:३७:००
Read Time : < 1 मिनेट
प्रदेश

कैलालीमा एकैदिन ५० जना कोरोना संक्रमित थपिए

Read Time : < 1 मिनेट
२०७७ भदौ ४ बिहीबार १७:३७:००

कैलालीमा बिहीबार ५० जना कोरोना संक्रमित थपिएका छन् । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घन्टामा भएका ६ सय ९४ वटा स्वाब परीक्षणमध्ये ५० जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमितमध्ये गौरीगंगा नगरपालिकाका मात्रै २६ जना छन् । यस्तै गोदावरी नगरपालिकाका ११ जना, घोडाघोडी नगरपालिकाका १० जना भजनी नगरपालिकाका तीनजनामा संक्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. हेमराज पाण्डेयले जानकारी दिए । योसँगै कैलालीमा संक्रमितको संख्या एक हजार चार सय २६ जना पुगेको छ । घोडाघोडी नगरपालिकामा कार्यरत तीनजना कर्मचारीमा पनि संक्रमण पुष्टि भएको छ । 

केही दिनयता कैलालीमा संक्रमण तीव्र बन्न थालेको छ । संक्रमण बढ्दै गएपछि कैलालीमा निषेधाज्ञा जारी गरिएको छ । बिहीबार राति १२ बजेबाट लागू हुने गरी यही १४ भदौसम्म जिल्लाभर निषेधाज्ञा जारी गरिएको हो । जिल्लाभर संक्रमण निरन्तर बढिरहेकाले त्यसलाई रोकथाम तथा नियन्त्रणका लागि निषेधाज्ञा जारी गर्नुपरेको प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले बताए । 

संक्रमण थप फैलन नदिन अत्यावश्यकबाहेकका सबै क्षेत्र बन्द गरिएको छ । धनगढीमा व्यापारी, बैंकका कर्मचारीलगायतमा संक्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । यात्रा नगरेका व्यक्तिमा समेत कोरोना पुष्टि हुनुले संक्रमण समुदायमा पुग्न थालेको हुन सक्ने स्वास्थ्य कार्यालयका प्रमुख लालबहादुर धामीले बताए ।