मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ५ बुधबार
  • Wednesday, 17 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ भदौ ४ बिहीबार १६:२८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नेकपा विवाद : समस्या समाधान कार्यदलको बैठक वालुवाटारमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ भदौ ४ बिहीबार १६:२८:००

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र देखा परेको समस्या समाधानका लागि गठित कार्यदलको बैठक प्रधानमन्त्री निवास वालुवाटारमा बसेको छ । 
बैठकमा कार्यदलका ६ जना सदस्य सहभागि रहेको वालुवाटार स्रोतले जनाएको छ । 

गत शुक्रबार पार्टीका महासचिव विष्णु पौडेलको संयोजकत्वमा गठन भएको भएको कार्यदलले पार्टी विभाजन हुन नदिने, पार्टी भित्र देखिएका समस्या समाधान, अन्तद्र्धन्द व्यवस्थापन लगायतका विषयमा आफ्नो सुझाव तयार पार्दै छ । 

पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले कार्यदल गठन गर्ने निर्णय गरेका थिए । यस कार्यदलले अध्यक्षद्वयलाई नै आफ्नो सुझाव प्रतिवेदन बुझाउने छ ।