१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७७ भदौ ४ बिहीबार १४:०६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

काठमाडौं उपत्यकामा निषेधाज्ञाको पहिलो दिन : निषेधाज्ञा उल्लंघन गर्ने ११ सय कारबाहीमा

Read Time : < 1 मिनेट
२०७७ भदौ ४ बिहीबार १४:०६:००

कोरोनाको संक्रमण नियन्त्रणका लागि काठमाडौं उपत्यकामा गरिएको निषेधाज्ञा उल्लंघन गर्ने एक हजार एक सय ७० जना कारबाहीमा परेका छन् । 

विनाकाम सडकमा निस्किएका उनीहरूलाई प्रहरीले केही समय नियन्त्रणमा लिएर सम्झाएर छाडेको छ । 

महानगरीय प्रहरी कार्यालयका प्रवक्ता एसएसपी सुशील यादवका अनुसार आज दिउँसो १२ बजेसम्म काठमाडौंमा चार सय ३७, ललितपुरमा चार सय ९८ तथा भक्तपुरमा दुई सय ३५ जनालाई नियन्त्रणमा लिइएको छ । 

त्यस्तै, तीनै जिल्लामा ६ सय ९२ मोटरसाइकल र एक सय ९५ वटा गाडीसमेत होल्ड गरिएको एसएसपी यादवले बताए ।

यसरी होल्ड गरिएका सवारीसाधन भने बेलुका मात्र छाडिने प्रहरीले जनाएको छ । 

कोरोना संक्रमण बढ्दै गएपछि उपत्यकाका तीन जिल्लामा बिहीबारदेखि एक साताका लागि निषेधाज्ञा लागू गरिएको छ ।