Read Time : < 1 मिनेट
२०७७ भदौ ३ बुधबार १५:४२:००
निर्वाचन आयोगले ‘नेकपा एमाले’ नामको नयाँ दल दर्ता गरेको छ ।
आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले नेकपा एमाले दर्ता गर्ने निर्णय भएको बताए ।
‘दल दर्ता गर्ने निर्णय गरेर हामीले सम्बन्धित पदाधिकारीलाई खबर गरेका छौँ,’ श्रेष्ठले बुधबार भने, ‘उहाँहरू आएर प्रमाणपत्र लैजान सक्नुहुन्छ ।’
तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्र एकीकरण भएर नेकपा गठन भएकाे थियाे।
खाली रहेको नेकपा एमाले नामको दल दर्ता गराउन १२ असारमा निवेदन परेको थियो ।
नेकपा एमाले दर्ताका लागि निवेदन परेपछि नेकपाभित्र तरंग पैदा भएको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले नै नेकपा एमाले दर्ता गर्न लगाएको आरोपसमेत लागेको थियो ।