मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
फाइल फाेटाे
अर्जुन अधिकारी
२०७५ माघ १८ शुक्रबार १५:२९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

हड्ताल गर्ने चिकित्सकलाई ६ महिना कैदको व्यवस्था गर्ने तयारी

Read Time : < 1 मिनेट
अर्जुन अधिकारी
२०७५ माघ १८ शुक्रबार १५:२९:००

कानुन विपरीत स्वास्थ्य सेवा अवरुद्ध गर्ने चिकित्सकमाथि सरकारले कारवाही थाल्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले विरोधका कार्यक्रम फिर्ता नलिए कारबाही गर्न बाध्य हुने चेतावनी दिएको छ । 

शुक्रबार विज्ञप्ती जारी गर्दै मन्त्रालयले आन्दोलन गर्ने र आन्दोलनमा सहभागी हुने चिकित्सकबारे अत्यावश्यक सेवा संचालन ऐन २०१४ लागू गर्ने बताएको छ । सहसचिव जनार्दन गुरागाईद्धारा हस्ताक्षरित विज्ञप्तीमा सम्पूर्ण विरोधका कार्यक्रम फिर्ता लिई स्वास्थ्य संस्थाहरुमा सेवा यथावत सञ्चालन गर्न मन्त्रालयले अपिल गरेको छ । विरोध फिर्ता नलिए आवश्यक सेवा सञ्चालन ऐन, २०१४ बमोजिम प्रक्रिया अघि बढाउन मन्त्रालय बाध्य हुने बताएको छ । 

ऐनमा स्वास्थ्य संस्था, अस्पताल बन्द गरी वा सेवा अवरुद्ध बनाएर आन्दोलन, बन्द, हड्ताल जस्ता कार्यमा उत्रने चिकित्सक माथि ६ महिना कैदको व्यवस्था गरेको छ । तत्काल सेवा संचालन नगरे सोही ऐन बमाेजिम कारवाही गर्न सरकारले प्रक्रिया थालेको हाे ।