मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ भदौ १ सोमबार १८:०९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

एसइईको नतिजा सार्वजनिक, जिपिएको विवरण राखिएन, ग्रेडवृद्धि परीक्षा नहुने

Read Time : < 1 मिनेट
२०७७ भदौ १ सोमबार १८:०९:००

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा, कक्षा १० (एसइई)को नतिजा प्रकाशन गरेको छ । सोमबार बसेको बोर्ड बैठकले विद्यालयले गरेको आन्तरिक मूल्यांकनलाई प्रमाणीकरण गरी एसइईको नतिजा सार्वजनिक गरेको हो । 

यस वर्ष सार्वजनिक गरिएको नतिजामा जिपिएको विवरण खुलाइएको छैन ।  पुनर्योग तथा ग्रेडवृद्धि परीक्षा पनि नहुने भएको छ । 

सरकारको निर्णयअनुसार ०७६ को एसइईको विद्यालयले नै आन्तरिक मूल्यांकन गरेको थियो । विद्यालयको मूल्यांकनलाई बोर्डले प्रमाणीकरण गरी नतिजा सार्वजनिक गरेको परीक्षा बोर्डका सदस्य सचिव दुर्गा अर्यालले बताए । 

बोर्डअन्तर्गतको परीक्षा नियन्त्रण कार्यालयका अनुसार ०७६ को एसइईमा कुल चार लाख ८२ हजार नौ सय ८६ विद्यार्थीले परीक्षाका लागि आवदेन भरेकोमा विद्यालयहरूबाट परीक्षाका लागि योग्य चार लाख ७२ हजार ७८ विद्यार्थीको प्रमाणित प्राप्तांक विवरण प्राप्त भएको बोर्डले जनाएको छ । 

कोभिड– १९ को संक्रमण बढ्दै गएको र विद्यालयसमेत क्वारेन्टाइनका रूपमा प्रयोग भएकाले पहिलेजस्तै गरी परीक्षा लिन नसक्ने अवस्था भएपछि मन्त्रिपरिषदले ०७६ को एसइईको विद्यालयले गरेको आन्तरिक मूल्यांकनका आधारमा ग्रेडसिट दिने निर्णय भएको थियो ।