१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ भदौ १ सोमबार १२:४३:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

पोखरामा आज रातिदेखि निषेधाज्ञा

Read Time : < 1 मिनेट
२०७७ भदौ १ सोमबार १२:४३:००

कोरोनाको संक्रमण फैलिँदै गएपछि गण्डकी प्रदेशको राजधानी पाेखरामा आज रातिदेखि निषेधाज्ञा लागू गरिँदै छ । 

आइतबार दलहरूसँगको छलफल र सोमबार बिहान कोरोना संक्रमण रोकथाम मूल समितिको बैठक बसेसँगै सोमबार मध्यराति १२ बजेबाट निशेधाज्ञा गर्ने तयारी भएको पोखरा महानगरका प्रवक्ता धनबहादुर नेपालीले जानकारी दिए ।  

उनका अनुसार यसका लागि कास्कीका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकाललाई सिफारिस गरिएको छ । 

‘हामीले सोमबार राति १२ बजेबाट निषेधाज्ञा गर्न प्रमुख जिल्ला अधिकारीलाई सिफारिस गरिसकेका छौँ । जिल्ला प्रशासनले निषेधाज्ञा जारी गर्छ । अहिलेलाई ८ गतेसम्मलाई सिफारिस गरेका हौँ । अवस्था हेरेर त्यसपछि निर्णय लिइनेछ,’ नयाँ पत्रिकासँग प्रवक्ता नेपालीले भने । 

पोखरामा पछिल्ला दिनमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेकोले निषेधाज्ञा लगाउने विषयमा समितिले निर्णय गरेको प्रवक्ता नेपालीको भनाइ छ । 

महानगरका स्वास्थ्य महाशाखा प्रमुख हेमन्त शर्मा पौडेलले अहिले कन्ट्रयाक ट्रेसिङको मात्रा बढाएको र सेकेन्ड लेयरसम्मको नमुना संकलन गर्ने बताए । 

निषेधाज्ञा नै सम्पूर्ण रूपले संक्रमण नियन्त्रणको उपाय नभए पनि आवतजावत नहुने र चेकजाँच बढाउँदा स्वाभाविक रूपले संक्रमण घट्ने उनले बताए । 
पोखरामा सोमबार बिहानसम्म दुई सय चारजनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

अहिलेसम्म एक सय २७ जना निको भएर घर फर्किएको उनले बताए । 

शनिबार र आइतबार मात्र पोखरामा ४९ जना संक्रमित थपिएका थिए ।