मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
एजेन्सी
२०७७ भदौ १ सोमबार १२:२९:००
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

विश्व कोराेना संकट : जापानी अर्थतन्त्र आधुनिक इतिहासको सबैभन्दा कठिनाइ भोग्दै

Read Time : < 1 मिनेट
एजेन्सी
२०७७ भदौ १ सोमबार १२:२९:००

जापानको अर्थतन्त्र आधुनिक इतिहासको सबैभन्दा खराब क्षणमा पुगेको छ । 

कोरोना महामारीले जापानको अर्थव्यवस्था ठप्पप्रायः बनाइदिएको छ । यतिसम्म कि जापानीहरूले खर्च गर्न लगभग बन्द गरेजस्तो भएको छ । 

अप्रिल, मे र जुन तीन महिनामा जापानको कुल गार्हस्थ उत्पादन (जिडिपी) मा ७.८ प्रतिशतको भारी गिरावट आएको छ । 

आधुनिक इतिहासको यो गिरावट अहिलेसम्मकै उच्च गिरावट रहेको बिबिसीले जनाएको छ । 

जापान विश्वको तेस्रो ठूलो अर्थ व्यवस्था भएको देश हो । त्यसैले जापानी नीति–निर्माताहरूमाथि अवस्था थप बिग्रन नदिन ठूलो दबाब सिर्जना भएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरूले जनाएका छन् । 

अप्रिल–जुन तीन महिनामा जापानको अर्थ–व्यवस्थामा आधाभन्दा बढी योगदान गर्ने निजी क्षेत्रको खपत ८.२ प्रतिशतले गिरावट आएको देखिनछ । साथै वार्षिक रूपमा हुने खर्चमा झन्डै ५६ प्रतिशतले गिरावट आएको बताइएको छ । यो अवस्था अर्थतन्त्रलाई भयावह अवस्थामा पुऱ्याउने संकेत गर्ने खालको रहेको विश्लेषकहरूको ठहर छ । 

जापानमा मे महिनाको अन्तिममा संकटकाल हटाइएको थियो । यसपछि बिस्तारैबिस्तारै कारोबारहरु खुलेका हुन् । तैपनि आशा गरेअनुसार सुधार भने नआएको बताइएको छ ।

विश्लेषकहरूले यस वर्षको अन्तिमसम्ममा अवस्थामा सुधार आउने वा नआउने कोरोनाको अवस्था के हुने हो ? त्यसमा भरपर्ने बताएका छन् । 

मिजुहो रिसर्च इन्स्टिच्युटका वरिष्ठ अर्थशास्त्री सैसुके सकाईले भने, ‘हामीलाई आशा  छ कि जुलाई–सेप्टेम्बर तीन महिनामा अवस्थामा केही सुधार देखिनेछ । तर, उक्त सुधार अप्रिल–जुनमा जुन नोक्सानी भएको थियो, उक्त नोक्सानी भर्पाइ हुने अवस्था हुने छैन ।’

जापानका अर्थमन्त्री यासुतोशी निशिमुराले सरकार लचिलो र समयानुकूल नीति लिएर अर्थतन्त्रलाई सुधार्ने प्रयासमा रहेको बताएका छन् ।