मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ भदौ १ सोमबार ११:४९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

तत्काल मन्त्रीहरू हेरफेर हुनेबारे छलफल भएकाे छैन : नारायणकाजी श्रेष्ठ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ भदौ १ सोमबार ११:४९:००

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले तत्काल मन्त्रीहरू हेरफेर नहुने बताएका छन् । 

त्यसैगरी उनले तत्काल मुख्यमन्त्रीहरू पनि हेरफेर हुने विषयमा पार्टीमा छलफल नै नभएकाे बताएका छन् । 

नेकपाकाे सचिवालय बैठकपछि संवाददाताहरूसँग कुरा गर्दै उनले अहिलेकाे मुख्य केन्दबिन्दु भनेकाे पार्टीभित्रकाे समस्या समाधान भएकाले त्याे विषयभन्दा अन्य विषयमा छलफल नै नभएकाे बताएका हुन् । 

सरकारका केही मन्त्रीहरू हेरफेर वा मुख्यमन्त्रीहरू हेरफेरका विषयमा पनि केही छलफल भएका हुन् ? भन्ने एक प्रश्नमा प्रवक्ता श्रेष्ठले पहिला पार्टीभित्र देखापरेका वैचारिक र नीतिगत मतभेदहरूको निष्कर्ष निकालेपछि मात्र अन्य विषयमा छलफल हुने बताए । 

साथै पार्टीभित्र देखापरेका समस्या समाधानका विषयमा कुनै पनि नेताहरूबीच समझदारी वा सहमति नभएकाे उनले बताए ।