मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
टेलर कोवेन
२०७७ भदौ १ सोमबार ०७:३१:००
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

हर्ड इम्युनिटी अस्थायी अवस्था हो 

पछिल्लो समय कोभिड-१९ विरुद्ध केही स्थानले अपेक्षा गरेभन्दा छिटै नै समुदाय प्रतिरोधको स्थिति हासिल गर्दै छन्

Read Time : > 2 मिनेट
टेलर कोवेन
२०७७ भदौ १ सोमबार ०७:३१:००

कोरोना भाइरसको तीव्र प्रसारलाई योगदान गर्ने समूहको ठूलो हिस्सा संक्रमणमा आइसकेपछि प्राप्त हुने समुदाय प्रतिरोध (हर्ड इम्युनिटी)को अवस्थाले पनि हामीलाई पूर्ण रूपले सुरक्षित बनाउन सक्दैन । पछिल्लो समय कोभिड–१९ विरुद्ध केही स्थानले अपेक्षा गरेभन्दा छिटै नै समुदाय प्रतिरोधको स्थिति हासिल गर्दै छन् । हर्ड इम्युनिटीबाट कोभिड–१९ विरुद्ध उच्च सुरक्षा हासिल हुने अपेक्षाले अहिले सबैको ध्यान तानेको छ । तर, महाव्याधि अझै पनि विश्वको निकै ठूलो खतरा भएकाले यसले कोभिड–१९ विरुद्धको लडाइँलाई मजबुत बनाउन सहयोग भने गर्नेछ । 

उदाहरणका लागि स्विडेनमा समुदाय प्रतिरोधको प्रमाण देख्न सकिन्छ । यहाँ संक्रमण र मृत्यु दुवैको दर निकै कम छ, जबकि स्विडेनका नागरिक मास्क लगाउने एवं कडा सामाजिक दूरीमा रहने गरिरहेका छैनन् । लन्डनमा पनि बार, मुभी थियटर एवं अन्य थुप्रै स्थान खुलै छन् । यति हुँदा पनि त्यहाँको स्वास्थ्य स्थिति ठिकै छ । मृत्युदर पनि न्यून नै छ । निश्चय नै स्विडेन र दक्षिणी इंग्ल्यान्ड अलि अघि कोरोना भाइरसको कडा मारमा परे, त्यहाँको ठूलो जनसंख्या संक्रमित भयो । सम्भवतः यसबाट कुनै प्रकारको सुरक्षा कवचको विकास भएको हुन सक्छ । केही अनुसन्धाता कुनै स्थानविशेषका २० प्रतिशत संक्रमित हुँदा आंंशिक समुदाय प्रतिरोधको अवस्थामा हुने बताइरहेका छन् । जबकि यसअघि हर्ड इम्युनिटीका लागि कम्तीमा ७० प्रतिशत संक्रमित हुन जरुरी हुने ठानिएको थियो । 

यदि यो कुरा सही हो भने कडा मार परेका क्षेत्रका लागि यो निकै सुखद समाचार हो । तर, यसमा केही समस्या छन् । पहिलो, मूलतः हर्ड इम्युनिटी सुपरस्प्रेडर (थोरै समयमा ठूलो संख्यामा संक्रमण पुर्‍याउने)सँग सम्बन्धित अवधारणा हो । सुपरस्प्रेडरको निकै सानो संख्याले समेत निकै ठूलो संख्यालाई संक्रमित गराउँछ । बारटेन्डर, चर्चका भजन मण्डली, बसड्राइभरजस्ता व्यक्तिले महाव्याधिको सुरुवाती चरणमा धेरै मानिससँग भाइरस पुर्‍याउँछन् । तर, अहिले यो समूहका सबैभन्दा बढी संक्रमित भएर हर्ड इम्युनिटी प्राप्त गरिरहेको छ ।

पहिले भजनमण्डली वा बसड्राइभर वा बारटेन्डरहरू सुपरस्प्रेडर थिए, तर अधिकांश प्रार्थनास्थल, बार र सार्वजनिक यातायात बन्द भएसँगै अहिले खुलेका स्थल, जस्तै- डिपार्टमेन्टल स्टोर, विमानस्थल कर्मचारी वा सुरक्षाकर्मीहरू नयाँ सुपरस्प्रेडरमा बदलिएका हुन सक्छन् 

यो अवस्थामा भाइरस फैलिन पहिलेजति सजिलो हुँदैन । तर, यसमा पनि एउटा समस्या छ, समय क्रमसँगै सम्भावित सुपरस्प्रेडरहरू बदलिन सक्छन् । उदाहरणका लागि, पहिले भजनमण्डली वा बसड्राइभर वा बारटेन्डरहरू सुपरस्प्रेडर थिए, तर अधिकांश प्रार्थनास्थल, बार र सार्वजनिक यातायात बन्द भएसँगै अहिले खुलेका स्थलका जस्तै, डिपार्टमेन्टल स्टोर, विमानस्थल कर्मचारी वा सुरक्षाकर्मीहरू नयाँ सुपरस्प्रेडरमा बदलिएका हुन सक्छन् । किनकि, हावाई यात्रा जो बढ्दै छ । अथवा मानिसको प्रवाह बढेसँगै आगामी सर्दीमा होटल रेस्टुराँका वेटरहरू नयाँ सुपरस्प्रेडर हुन सक्छन् । अर्काे शब्दमा भन्दा हर्ड इम्युनिटी केवल अस्थायी अवस्था मात्र हो । हर्ड इम्युनिटीको सुरक्षाकवचलाई बेकामे बनाउँदै यो भाइरसले ल्याउने आर्थिक एवं सामाजिक परिवर्तनले नयाँ–नयाँ सुपरस्प्रेडरको पालो ल्याउन सक्छ । 

सैगरी, अर्काे कुरा हर्ड इम्युनिटी भएका ठाउँ अन्य असुरक्षित भागबाट संक्रमणको सधैँ जोखिममा हुन्छन् । जस्तो कि धेरै संक्रमण भएको न्युयोर्क सहरमा आंशिक हर्ड इम्युनिटीको अवस्था थियो, तर यो सहर तुलनात्मक रूपले सुरक्षित देखिन थालेसँगै बाहिरका मानिस यहाँ घुम्न र बस्न आउन थाल्छन् र सुरक्षास्तर फेरि भत्किन्छ । यसबीच, न्युयोर्कवासीहरू अझै धेरै संख्यामा भाइरसको सम्पर्कमा पुग्ने सम्भावना हुन्छ । यसर्थ, हर्ड इम्युनिटी कुनै स्थायी सुनिश्चितता होइन । अर्काे समस्या विश्वव्यापी प्रकृतिको छ, जुन निकै गम्भीर सावित हुन सक्छ । हर्ड इम्युनिटीको अवधारणाको उत्साहजनक पक्ष के हो भने जनसंख्याको एउटा हिस्सा पहिले नै कोरोना भाइस सक्रमणको चपेटामा परेर ठीक भइसकेको हुन्छ । ती सुरक्षित व्यक्तिहरूले कोरोना भाइरसको प्रसारलाई सुस्त बनाउन एवं रोक्न मद्दत गरेका हुन्छन् । यसको अर्थ ती समूहमा विनाअवरोध भाइरसको प्रसारण निकै तीव्र रूपले फैलिन्छ र समूहका लगभग सबैजसोलाई संक्रमित बनाउँछ भन्ने हो । त्यसैले केही मुलुक अन्तर–इम्युनिटीबाट सुरक्षित अनुभव गरिरहका छैनन् । 

हर्ड इम्युनिटी हाइपोथेटिकल कुरा हो । तर, हर्ड इम्युनिटीको परिदृश्यले ल्याटिन अमेरिका, भारत र दक्षिण अफ्रिकामा कोभिड–१९को भयावह संक्रमणलाई बुझ्न मद्दत गर्छ । हर्ड इम्युनिटीको अर्थ केही क्षेत्र एवं कुनै समूहको जनसंख्याका लागि कोभिड–१९ निकै खतरनाक छ भन्ने पनि हो । स्विेडन, दक्षिणी इंग्ल्यान्ड र न्युयोर्कको निरन्तर अवलोकनले हर्ड इम्युनिटीको अवधारणा सही हो कि होइन भन्ने पक्कै उजागर गर्नेछ । 

(ब्लुमवर्गका स्तम्भकार कोवेन जर्ज मेसन विश्वविद्यालयका अर्थशास्त्रका प्राध्यापक हुन्)

ब्लूमबर्गडटकमबाट