१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
शान्ता कमली
२०७५ माघ १८ शुक्रबार ११:२६:००
Read Time : > 1 मिनेट
प्रदेश

पुनर्निर्माणमा खटिएका प्राविधिकको १५ दिने अल्टिमेटम

चालू आर्थिक वर्षमा फिल्ड भत्ता कटौती गरेको भन्दै उक्त भत्ता उपलब्ध गराउन माग

Read Time : > 1 मिनेट
शान्ता कमली
२०७५ माघ १८ शुक्रबार ११:२६:००

निजी आवास पुनर्निर्माणमा खटिएका लमजुङका प्राविधिकले फिल्ड भत्ता नपाएको भन्दै जिल्ला प्रशासन कार्यालय मार्फत राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा बुधबार ज्ञापनपत्र पठाएको छ । प्राधिकरणले पुनर्निर्माणका लागि फिल्डमा खटिएका प्राविधिकले गएका वर्षमा पाउँदै आएको फिल्ड भत्ता चालू आर्थिक वर्षमा कटौती गरेको भन्दै उक्त भत्ता उपलब्ध गराउन ज्ञापनपत्र बुझाएका हुन् । 

आफ्ना माग पूरा गर्न उनीहरुले फागुन १ गतेसम्मको अल्टिमेटम दिएको प्राविधिक हकहित तथा संरक्षण समितिका संयोजक इन्जिनियर अनोज चिलवालले बताए । उनका अनुसार आफ्ना मागबारे प्राधिकरणको जिल्ला आयोजना कार्यान्वयन इकाई (भवन), जिल्ला आयोजना कार्यान्वयन इकाई, जिल्लाका सबै स्थानीय तहमा बोधार्थ दिइएको छ ।

जिल्लामा पुनर्निर्माणका लागि फिल्डमा गएर खटिएका ईन्जिनियर, सब–ईन्जिनियर र असिस्टेन्ट सब–ईन्जिनियर गरी ४६ बढी प्राविधिक छन् । फिल्डमा अहोरात्र खटिएका प्राविधिकले भौगोलिक र प्रोत्साहन भत्ता नपाउँदा आफुहरुले आन्दोलन गर्नुपर्ने अवस्था आएको चिलवाल बताउँछन् । 

यस्ता छन् माग
चालू आर्थिक वर्षको ७ महिना बितिसक्दा पनि भौगोलिक र प्रोत्साहन भत्ता नदिएको भन्दै राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले मासिक रुपमा तत्काल उपलब्ध गराउनुपर्ने उनीहरुको माग छ । राष्ट्रिय पुनर्निर्माण प्राविधिक हकहित संरक्षण तदर्थ समिति गठन गरेर उनीहरुले माग पूरा गराउन प्रशासन मार्फत प्राधिकरणसँग माग राखेका छन् ।  उनीहरुले फिल्डमा खटिँदा भैपरी आउने सम्भावनालाई ख्याल गरी प्राविधिकको स्वास्थ्य र दुर्घटना बीमा तत्काल गर्न माग गरेका छन् । 

प्रविधिकलाई गाउँमा सहज तरिकाले बस्ने व्यवस्था र सुरक्षाको प्रत्याभूति गराउन, पुनर्निर्माण प्राधिकरणबाट स्थानीय तहमा रहेर कार्य गरिरहेका प्राविधिकको स्थायित्व र निरन्तरताको व्यवस्थापन गर्न उनीहरुले माग गरेका छन् । तोकिएको समयसीमा माग पूरा गर्ने सम्बन्धमा लिखित सम्बोधन नभए कार्यक्षेत्रका सबै काम छाडी सदरमुकाममा केन्द्रित भएर जिल्लादेखि केन्द्र सम्म संर्घषका कार्यक्रम गरिने उनीहरुले बताएका छन् । प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले प्राविधिकका मागलाई राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा पठाइसकिएको बताए ।