१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ श्रावण ३२ आइतबार २०:११:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बाढीपहिरोपीडितलाई राहत र पुनर्स्थापनामा भएको ढिलाइबारे सभामुखद्वारा गृहमन्त्रीको ध्यानाकर्षण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ श्रावण ३२ आइतबार २०:११:००

सभामुख अग्निप्रसाद सापकोटा र गृहमन्त्री रामबहादुर थापाबीच सिन्धुपाल्चोकको पहिरोपीडितहरूलाई राहत र पुनर्स्थापनाका विषयमा छलफल भएको छ । सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा भएको भेटमा सभामुख सापकोटाले सिन्धुपाल्चोक जिल्लामा बाढीपहिरोका कारण ठूलो जनधनको क्षति भएको र एक सयभन्दा बढी घरपरिवार विस्थापित भएकोले उनीहरूलाई पुनर्स्थापना  गर्ने विषयमा गृहमन्त्रीको ध्यानाकर्षण गराएका छन् । 

सभामुखले १७ साउन ०७१ मा गएको जुरे पहिरोका पीडितका लागि सर्वसाधारणबाट उठेको सहयोग रकम वितरणका लागि निर्णय गर्न भइरहेको ढिलाइबारे पनि चासो राखेका थिए।

गृहमन्त्री थापाले बाढीपहिरोबाट ज्यान गुमाएका परिवारलाई आर्थिक राहत प्रदान गरिने र विस्थापितको पुनर्स्थापनाका लागि छिटोभन्दा छिटो काम थालिने जानकारी दिएका थिए । 

जुरे पहिरोपीडितका लागि सर्वसाधारणबाट उठेको रकम वितरणसम्बन्धी निर्णयका लागि आफूले पहल गर्ने पनि थापाले बताएका थिए ।

आइतबार नै सभामुख सापकोटाले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीसँग जोखिममा रहेका सिन्धुपाल्चोकका लिदी, नाम्फालगायतका बस्ती स्थानान्तरणको काम थाल्नेबारे पनि छलफल गरेका थिए ।