मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका
२०७५ माघ १८ शुक्रबार ११:५५:००
Read Time : < 1 मिनेट
सप्तरंग

चर्चित कलाकार बीएस राणाको निधन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ माघ १८ शुक्रबार ११:५५:००

नेपाली चलचित्र क्षेत्रका चर्चित कलाकार बीएस राणाको उपचारको क्रममा शुक्रबार बिहान निधन भएको छ । उनको उपचारको क्रममा काठमाडौंस्थित त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा निधन भएको चलचित्र कलाकार संघकी महासचिव सरिता लामिछानेले जानकारी दिइन् ।

स्वासप्रश्वासमा समस्या देखिएपछि राणालाई एक हप्ता अगाडि अस्पताल भर्ना गरिएको थियो । 

उनले अभिनय गरेका दर्पण छाया २, सेतो बाघ, कसले चोर्यो मेरो मन, दासढुंगा, बसन्ती, नेपाली बाबु, चिनो लगायतका चलचित्रहरु चर्चामा छन् । उसो त उनले टिभी श्रृंखला सिंहदरबारमा पनि अभिनय गरेका थिए ।