मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ श्रावण ३० शुक्रबार १७:१४:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

काठमाडाैंका अस्पतालमा कोरोना संक्रमितलाई भर्ना गर्न बेड अभाव

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ श्रावण ३० शुक्रबार १७:१४:००

कोरोना संक्रमित बढ्दै गएपछि काेभिड बिरामीकाे उपचार गर्न ताेकिएका काठमाडौं उपत्यकाका अस्पतालमा बेड अभाव भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले घनाबस्ती भएको सहरहरूमा संक्रमण बढ्दै गएकाले काठमाडौं उपत्यकालगायत अन्य ठाउँका अस्पतालमा बेड अभाव हुँदै गएको जनाएको हो ।

नियमित मिडिया ब्रिफिङमा शुक्रबार मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोभिड अस्पतालमा बेड अभाव भएकाले निजी क्षेत्रका अस्पताललाई २० प्रतिशत बेड छुट्याउन अनुरोध गरिएको बताए ।

मन्त्रालयले सबै अस्पतालहरूलाई २० प्रतिशत बेड छुट्याएर काेभिडकाे हब अस्पताललाई जानकारी गराउन केही दिनअघि सूचना गरेकाे थियाे ।

बेड अभाव भएकाले कुनै पनि अस्पतालमा भर्ना भएका बिरामी कोरोना संक्रमित पुष्टि भए पनि हब अस्पतालको संयोजनमा सोही अस्पतालमा राख्न मन्त्रालयले निर्देशन दिएको छ ।

गाैतमले उपत्यकाका कुनै अस्पतालमा रेफर गर्नुपर्ने भए हब अस्पतालको संयोजन र मन्त्रालयको निर्देशन प्राप्त गरेर मात्र गर्न अनुराेध गरे ।