मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ श्रावण ३० शुक्रबार १५:२९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मजदुरलाई कोरोना पोजेटिभ देखिएपछि बन्द हुँदै उद्योगहरू

Read Time : < 1 मिनेट
२०७७ श्रावण ३० शुक्रबार १५:२९:००

उद्योगका मजदुरमा कोरोना पोजेटिभ देखिएपछि वीरगन्ज–पथलैया औद्योगिक करिडोरका उद्योगहरू बन्द हुन थालेका छन् । 

केही हप्ताअघि जितपुरमा रहेको जगदम्बा इन्टरप्राइजेजका तीन मजदुरलाई कोरोना पोजेटिभ देखिएपछि स्थानीय प्रशासनले उद्योग सिल गरेको थियो ।

यस्तै सिमरामा रहेको जगदम्बा स्टिलका ११ जना मजदुरलाई कोरोना पोजेटिभ देखिएपछि दुई दिनसम्म स्थानीय प्रशासनले उद्योग सिल नगरेपछि स्थानीयले नै उद्योगमा ताला लगाएका थिए । स्थानीयले ताला लगाएपछि बिहीबार स्थानीय प्रशासनले विज्ञप्तिमार्फत उद्योग सिल गरेको जनाएको छ । 

कोराेना संक्रमित ६ जना सम्पर्कविहीन
साउन २५ गते काठमाडौंको टोली बोलाएर एक सय २३ जनाको स्वाब संकलन गरिएकाेमा ११ जनामा पोजेटिभ देखिएको थियो । 

पोजेटिभ देखिएका ११ जनामध्ये चारजना नेपाली र अन्य सातजना भारतीय मजदुर रहेको  युनियनका सचिव दीपक कार्कीले जानकारी दिए । 

कोरोना पोजेटिभ देखिएका ११ जनामध्ये ६ जना व्यक्ति अहिले सम्पर्कमा छैनन् । उनीहरू भारतीय भएकोले भारततर्फ नै गएको हुन सक्ने स्थानीयले आशंका गरेका छन् । 

उद्योगले बुधबार राति कन्टेनरमा राखेर ३१ जना मजदुरलाई उद्योगबाट बाहिर निकालेपछि स्थानीयले नियन्त्रणमा लिएर उद्योगमा ताला लगाइदिएको स्थानीय युवा कृष्ण अधिकारीले बताए ।