१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ श्रावण ३० शुक्रबार १२:५४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नेकपा विवाद : आज पनि जुटे अध्यक्षद्वय छलफलमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ श्रावण ३० शुक्रबार १२:५४:००

पार्टीभित्रको विवाद सुल्झाउने प्रयासस्वरूप लामो अवधिपछि छलफलमा जुटेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले आज पनि छलफललाई निरन्तरता दिएका छन् । 

प्रधानमन्त्रीनिवास बालुवाटारमा दुई अध्यक्षबीच छलफल सुरु भएको दाहालका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए । 

अहिले दुई अध्यक्षबीच मात्र छलफल भइरहेको छ । छलफलमा पार्टीका अन्य नेताहरूलाई भने सहभागी गराइएको छैन । 

नाै दिनपछि बिहीबार नेकपाका दुई अध्यक्ष ओली र दाहाल छलफलमा जुटेका थिए । बिहीबारको छलफल सकारात्मक भनिए पनि बालुवाटारमा भएको छलफल सकिएलगत्तै प्रचण्ड–माधव नेपाल पक्षका प्रदेशस्तरीय केन्द्रीय सदस्यहरूको भेला डाकिएको थियो । 

दुवै अध्यक्ष पक्षले छलफललाई पनि निरन्तरता दिने, तर आ–आफ्नो पक्षको भेला र छलफललाई निरन्तरता दिने रणनीति अपनाएको देखिन्छ । 

सत्तारुढ दल नेकपामा लामो समयदेखि संघर्ष चर्किइरहेको छ । जसका बारेमा दुवै अध्यक्ष र अन्य शीर्ष नेता पक्षधर नेताहरूले सार्वजनिक रूपमा आरोप–प्रत्यारोपसमेत गरिरहेका छन् ।