१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ श्रावण ३० शुक्रबार ११:३२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सिन्धुपाल्चोक पहिरो : सभामुख सापकोटा पुगे लिदी 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ श्रावण ३० शुक्रबार ११:३२:००

सभामुख अग्निप्रसाद सापकोटा पहिरो निरीक्षणका लागि सिन्धुपाल्चोकको लिदी पुगेका छन् । नेपाली सेनाको हेलिकोप्टरमार्फत सापकोटा पहिरो गएको क्षेत्रको निरीक्षणका लागि गएका हुन् ।

सिन्धुपाल्चोकको जुगल गाउँपालिका– २ लिदीमा शुक्रबार बिहान साढे ६ बजे गएको भीषण पहिरोमा परेर कम्तीमा ३५ जना मानिस बेपत्ता भएका छन् । पहिरोले  कम्तीमा २८ घर पुरेको छ । नौजना घाइते भएका छन् ।

घाइतेमध्ये पाँचजनाको अवस्था गम्भीर छ । उनीहरूलाई उपचारका लागि चौतारा लगिएको सभामुख अग्नि सापकोटाका प्रेस संयोजक श्रीधर न्यौपानेले बताए । उनी सभामुख सापकोटासँगै घटनास्थल पुगेका छन् । 

वडाध्यक्ष प्रताप लामाका अनुसार प्रतिघरधुरी कम्तीमा तीनदेखि पाँचजना मानिस बसोवास गर्थे । पहिरोमा परेर ठूलो जनधनको क्षति भएको उनको अनुमान छ ।   

उद्धारका लागि प्रहरी घटनास्थलतर्फ गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । चौताराबाट हेलिकोप्टरमा गएको गोरखबहादुर गणका सेनाको प्राविधिक टिमले उद्धार कार्यलाई अगाडि बढाएकाे छ । 

 घटनाको पूर्ण विवरण आउन बाँकी नै छ ।

तस्बिर : प्रेस संयोजक श्रीधर न्यौपानेकाे फेसबुकबाट