काठमाडौं उपत्यकाका एक सय ३८ जनामा बुधबार कोरोना संक्रमण पुष्टि भएको छ ।
संक्रमितमध्ये काठमाडौं जिल्लाका एक सय नौ, ललितपुरका ३३ र भक्तपुरका आठजना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार राष्ट्रिय प्रयोगशाला टेकुमा काठमाडौंका १०, शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा काठमाडौंका २९ र भक्तपुरका एकजनामा संक्रमण देखिएको हो ।
त्यसैगरी पाटन अस्पतालमा काठमाडौंका ११, ललितपुरका १४ र भक्तपुरका एकजनामा संक्रमण पुष्टि भएको हो ।
वीर अस्पतालकाे प्रयोगशालामा काठमाडौंका दुई र भक्तपुरका दुई, त्रिवि शिक्षण अस्पतालकाे प्रयोगशालामा काठमाडौंका ११, ललितपुर एक र भक्तपुरका एकजनामा संक्रमण देखिएको हो ।
नेपाल प्रहरी अस्पतालमा काठमाडौंका २२, ललितपुरका दुई र भक्तपुरका एकजनामा संक्रमण देखिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।
सानेपास्थित स्टार अस्पतालमा काठमाडौंका नौ, ललितपुरका दुई र भक्तपुरका एक, बिध प्रयोगशालामा काठमाडौंका पाँच र ललितपुरका दुई, ह्याम्स अस्पताल प्रयोगशालमा काठमाडौंका आठ र भक्तपुरका एकजनामा संक्रमण देखिएको छ । त्यसैगरी वीरेन्द्र अस्पताल छाउनीमा काठमाडौंका दुईजनामा संक्रमण भएकाे मन्त्रालयले जनाएको छ ।