मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
रासस/एएनआई वेलिङ्टन
२०७७ श्रावण २८ बुधबार १५:४६:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

कोरोनामुक्त घोषित न्युजिल्यान्डमा एक सय दुई दिनपछि चारजना संक्रमित भेटिए 

Read Time : < 1 मिनेट
रासस/एएनआई वेलिङ्टन
२०७७ श्रावण २८ बुधबार १५:४६:००

कोरोना संक्रमणमुक्त घोषणा गरिएको न्युजिल्यान्डमा एक सय दुई दिनपछि चारजनामा संक्रमण भेटिएकाे छ । 

सरकारी अधिकारीहरूले नयाँ चारजना संक्रमित भेटिएको पुष्टि गरेका छन् । उनीहरू समुदायबाट संक्रमित नभएको पनि अधिकारीहरूले बताएका छन् । संक्रमित भएका चारैजना एकैपरिवारका हुन् । 

न्युजिल्यान्डकी प्रधानमन्त्री जासिन्डा अर्डेर्नलाई उद्धृत गर्दै वासिङ्टन पोष्टले संक्रमण फैलिन नदिन फेरि प्रतिबन्धात्मक व्यवस्थाहरू लागू गर्ने तयारी भएको उल्लेख गरेको छ । 

प्रधानमन्त्री जासिन्डाले सबैलाई घरमै बस्न र मास्क लगाउने, सामाजिक दूरी कायम गर्नेलगायतका आधारभूत सतर्कताहरू अपनाउन आग्रह गरेकी छिन् । 

प्रधानमन्त्री जासिन्डाले कोरोनाका विरुद्धमा सबैजना फेरि एकपटक एकजुट भएर लड्ने र परास्त गरिछाड्ने बताएकी छिन् ।