१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ श्रावण २८ बुधबार १५:१३:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

क्वारेन्टाइनमा मृत्यु : स्थानीय सरकारको चरम लापरबाहीले करेन्ट लागेर महिलाको ज्यान गएको भन्दै स्थानीय आन्दोलित 

Read Time : > 1 मिनेट
२०७७ श्रावण २८ बुधबार १५:१३:००

कञ्चनपुरको कृष्णपुर नगरपालिका– ६ मौरीफाँटाकी राधा ओडको क्वारेन्टाइनमा करेन्ट लागेर मृत्यु भएको घटनाको विरोधमा स्थानीयले आन्दोलन सुरु गरेका छन् । 

नगरपालिकाले क्वारेन्टाइन व्यवस्थापन गर्न नसक्दा राधाले अकालमै ज्यान गुमाउनुपरेको भन्दै स्थानीय र आफन्त आन्दोलनमा उत्रेका हुन् । 

क्वारेन्टाइनका नाममा तीन करोड खर्चिंदा पनि क्वारेन्टाइन अव्यवस्थित भएको भन्दै बुधबार कार्यालय समयदेखि मृतक आफन्त एव स्थानीयले आन्दोलन गरेका छन् । 

वडा कार्यालयमा तालाबन्दी गरेर नगरपालिका कार्यालयमा स्थानीय सरकारविरुद्ध स्थानीयले प्रदर्शन गरिरहेका छन् । 

मृतक राधादेवीका आफन्त जेठाजु देवबहादुर ओडले स्थानीय सरकारको चरम लापरबाहीका कारण क्वारेन्टाइनमा करेन्ट लागेर राधाको मृत्यु भएकोले घटनाको  छानबिन गरी दोषीउपर कारबाहीको माग अघि सारेर आन्दोलन गरिएको बताए । 

‘आन्दोलन व्यक्तिको विरुद्ध होइन, प्रवृत्तिका विरुद्ध हो,’ उनले भने, ‘जनताको नाममा ठूलो रकम खर्चिएको देखाएर धमाधम मर्न थाले ।’

उनका अनुसार वडा कार्यालयमा अनिश्चितकालीन तालाबन्दी र नगरपालिकामा विरोध प्रदर्शन गरिएको छ । 

‘करेन्ट लागेपछि अस्पताल लैजान नगरपालिकासँग एम्बुलेन्स माग्दा बिग्रिएको छ भनेर दिइएन,’ उनले भने, ‘घाइते बचाउन नगर प्रमुख र उप प्रमुखसँग छुट्टाछुट्टै गाडी थिए, दिएनन्, नदिएपछि अटोमा ढिलो गरी अस्पताल पुऱ्याउँदा ज्यान गुमाउनुपऱ्याे ।’ 

कृष्णपुरका स्थानीय एव विद्यार्थी नेता टेक पाण्डेयले घटनाको सत्यतत्य छानबिन हुनुपर्ने बताए । 

‘कसको कमी–कमजोरीबाट घटना भएको हो, त्यसको यकिन छानबिन गर्नुपर्छ,’ उनले भने, ‘दोषीलाई कारबाही गरे आगामी दिनमा यस्ता घटना हुँदैनन् ।’ 

‘हाम्रो मेयरज्यूले त सरकारी सेताे नम्बर प्लेट राख्नुपर्नेमा निजीको जस्तै रातो राखेका छन्,’ उनले भने, ‘यो के दुरुपयोग गर्नका लागि होइन ? यस्तै पीडितका लागि प्रयोग गर्नुपर्दैन ?’ 

निष्पक्ष छानबिन नहुन्जेलसम्म शवसमेत नबुझ्ने अडान लिँदै स्थानीयले शव बुझेका छैनन् । शव सेती अस्पतालमै छ । 

कृष्णपुर नगरपालिका– ६ मौरीफाँटाकी राधा ओड श्रीमान् रविन ओड र डेढ वर्षीया नाबालिका छोरी परिवारसहित भारतबाट मंगलबार दिउँसोतिर मातृभूमि नेपाल पुगेकी थिइन् । 

भारतकाे मद्रासमा रोजगारीमा रहेका ओडदम्पती कोरोनाबाट जाेगिन लालाबालासहित नेपाल आए, तर मातृभूमि टेकेकै दिन राधाको ज्यान गयो । 

गौरीफन्टा नाका भएर गाउँकै क्वारेन्टाइनमा पुगेकाे क्षणभरमै राधाले ज्यान गुमाउनुपरेको परिवारले जनाएका छन् । 

राधाका जेठाजु देवबहादुर ओडले क्वारेन्टाइन पुगेकै केही घन्टामै करेन्ट लागेर ज्यान गुमाएको बताए । नुहाउन धारामा गएकी राधाको करेन्ट लागेर मृत्यु भएको उनले बताए ।