१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०७७ श्रावण २८ बुधबार १२:२९:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

राजापुर फेरि उच्च जोखिममा (फोटोफिचर)

Read Time : < 1 मिनेट
२०७७ श्रावण २८ बुधबार १२:२९:००

बर्दियाको राजापुर नगरपालिका कर्णाली नदी कटानबाट जोखिममा परेकाे छ । कर्णाली नदी व्यवस्थापन आयोजनाले निर्माण गरेको बाँध  नदीले कटान गरेपछि राजापुर नगरपालिकाका तीन वडा जोखिममा परेका हुन् । 

राजापुर नगरपालिकाको ३, ४ र ७ नं. वडाहरू उच्च जोखिममा छन् ।   राजापुर नगरपालिका वडा नं. ३ तिग्रामा कर्णाली नदीले  तटबन्ध भत्काउन थालेपछि ती वडाहरू जोखिममा परेका हुन् । प्रदेश ५ र सुदूरपश्चिम प्रदेशको सिमानामा पर्ने कर्णाली नदीको पश्चिमतर्फको भंगालोले निर्माण गरिएको तटबन्धको ९० प्रतिशत भाग कटान गरिसकेको छ ।

करिब पाँच सय मिटर तटबन्धको लंचिङ स्पर बगाइसकेको छ  भने ड्याम कटान गरिरहेको छ । ड्याम कटान भई नदीको पानीगाउँमा पसेमा तीनवटा वडाका करिब तीन हजार घरपरिवार डुबानमा पर्नेछन् ।

नदीले बाँध नै कटान गर्न थालेपछि नदीकिनारका स्थानीयवासी त्रसित भएका छन् । कर्णाली नदी व्यवस्थापन आयोजना कर्णाली नदीको कटान र बाढी रोक्नका लागि ०७१ सालमा स्थापना भएको थियो ।

पछिल्लो गुरुयोजनाअनुसार आयोजनाको लागत १२ अर्ब ८० करोड ७४ लाख रुपैयाँ रहेको छ । हालसम्म आयोजनाले एक अर्ब ५४ करोड ६५ लाख खर्च गरिसकेको छ  ।  हालसम्म १५.६८ किलोमिटर बाँधसहितको तटबन्ध निर्माण भएको छ ।