Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ श्रावण २७ मंगलबार २०:४४:००
Read Time : < 1 मिनेट
समाचार

जिल्ला न्यायाधीशमा २४ जना सिफारिस, सबै पुरुष 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ श्रावण २७ मंगलबार २०:४४:००

न्याय सेवा आयोगले मंगलबार जिल्ला न्यायाधीशको नतिजा सार्वजनिक गरेको छ । आयोगले गत पुसमा २९ पदका लागि दरखास्त आह्वान गरेकोमा २४ जना नियुक्तिका लागि सिफारिस भएका हुन् । सिफारिस हुने सबै पुरुष छन् । लिखित परीक्षामै कोही पनि महिला सफल हुन नसकेको आयोगले जनाएको छ । 

आन्तरिक खुलामा यज्ञप्रसाद आचार्य, बलराम लम्साल, बालकृष्ण वाग्ले, जगतबहादुर पौडेल, डिल्लीराम शर्मा अर्याल, तिलकबहादुर कार्की र केशवराज चापागाईं छन् । रामचन्द्र खड्का, चन्द्रप्रकाश तिवारी, दिलकुमार बर्देवा, ठाकुरप्रसाद खरेल, विष्णुप्रसाद अवस्थी, उत्तम सिलुवाल र खेमराज भट्ट पनि सिफारिस भएका छन् । 

खुलातर्फ भने नौजना सिफारिस भएको छ । ध्रुवराज कार्की, टेकनाथ गौतम, श्यामविहारी मौर्य, ढाकाराम पौडेल, ईश्वरमणि ओझा, मनोजकुमार श्रीवास्तव र अम्बिकाप्रसाद दाहाल सिफारिसमा परेका छन् । साथै उद्धवप्रसाद गजुरेल र पुण्यप्रसाद सापकोटालाई पनि सिफारिस गरिएको छ । 

अपांगतर्फ रोमाकान्त ज्ञवालीलाई सिफारिस गरिएको आयोगले जनाएको छ । मधेसी, महिला र आदिवासी–जनजातितर्फका एक–एक१ सिट खाली छन् । मधेसीतर्फको एक सिटमा लिखितमा दुईजनाको नाम सिफारिस भए पनि खुलातर्फ नाम निस्केपछि यो सिट पनि खाली भएको छ । 

९ पुसमा प्रकाशित विज्ञापनअनुसार २९ जना माग भएकोमा फागुन तेस्रो साता लिखित परीक्षा सञ्चालन भएको थियो । जसमा २६ जना उत्तीर्ण भएका थिए भने नियुक्तिका लागि २४ जना सिफारिस भएको आयोगले जनाएको छ ।