मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ श्रावण २७ मंगलबार १८:५७:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

उपत्यकाका मालपोत कार्यालयमा १५ भदौसम्म सेवा बन्द 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ श्रावण २७ मंगलबार १८:५७:००

कोरोना संक्रमण बढेपछि काठमाडौं उपत्यकाका मालपोत कार्यालयले १५ भदौसम्मलाई सेवा बन्द गरेका छन् । मन्त्रीस्तरीय निर्णयबाट बुधबारदेखि सेवा बन्द गरिएको हो । 

सेवा बन्द भए पनि कार्यालय भने खुला हुने र आन्तरिक काम जारी रहने भूमि व्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशक शेषनारायण पौडेलले बताए । यस्तै कतिपय अत्यावश्यक सेवाहरू भने जारी राख्ने विभागले जनाएको छ । 

उपत्यकाबाहिरका जिल्लाका हकमा भने सम्बन्धित जिल्लाको स्थानीय प्रशासनको निर्णयअनुसार कार्यालय खोल्ने र बन्द गरिएको छ । उपत्यकामा आठवटा मालपोत कार्यालय छन् । उपत्यकामा संक्रमण बढेपछि सबैजसो सरकारी कार्यालयले सेवा कटौती गरिरहेका छन् ।