मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ श्रावण २७ मंगलबार १७:०३:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

कोरोना संक्रमित थप चारजनाको मृत्यु, हालसम्म ८३ जनाको निधन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ श्रावण २७ मंगलबार १७:०३:००

कोरोना संक्रमित थप चारजनाको निधन भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तीन पुरुष र एक महिलाको निधन भएको हो ।

याेसमेत हालसम्म काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या ८३ पुगेकाे मन्त्रालयले जनाएकाे छ । 

काभ्रे जिल्लाको पाँचखाल नगरपालिका– १ घर भई किष्ट मेडिकल कलेज ललितपुरमा उपचाररत ५० वर्षीया महिलाको मंगलबार निधन भएको हो ।

त्यसैगरी धनुषा जिल्ला विदेह नगरपालिका– ८ का ६० वर्षीय पुरुषको सोमबार प्रादेशिक अस्पताल जनकपुरमा निधन भएको थियो ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले धनुषाकै मिथिलाबिहारी नगरपालिका– ५ का ५० वर्षीय पुरुषको आइतबार निधन भएको जानकारी दिए । उनी क्यान्सर अस्पताल जनकपुरमा कार्यरत थिए ।

सिन्धुपाल्लोक जिल्लाको बाह्रबिसे नगरपालिका– ४ का ८४ वर्षीय पुरुषको पनि कोरोना संक्रमणबाट निधन भएको छ । उनको २२ साउनमै त्रिवि शिक्षण अस्पतालमा निधन भएको गौतमले बताए ।