काठमाडौं उपत्यकाका तीन जिल्लामा मंगलबार थप एक सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
संक्रमित देखिएकामध्ये काठमाडौं जिल्लाका एक सय १०, ललितपुरका १६ र भक्तपुरका आठजना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
राष्ट्रिय प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा भक्तपुरका चार, काठमाडौंका २८ र ललितपुरका एकजनामा संक्रमण पुष्टि भएको हो ।
त्यसैगरी शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुमा गरिएको परीक्षणमा भक्तपुरका दुई र काठमाडौं २० जनामा संक्रमण देखिएको हो ।
मन्त्रालयका अनुसार पाटन अस्पतालमा काठमाडौं आठ, ललितपुर आठ, वीर अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका तीन, त्रिवि शिक्षण अस्पतालमा भक्तपुरका एक, काठमाडौं १३ र ललितपुरका एकजनामा संक्रमण देखिएको हो ।
त्यसैगरी नेपाल प्रहरी अस्पतालमा काठमाडौंका पाँचजना, स्टार अस्पताल सानेपामा काठमाडौंका १४ र ललितपुरका एकजना, बिध प्रयोगशालामा काठमाडौं दुई र ललितपुरका दुईजनामा संक्रमण पुष्टि भएको हो ।
गौतमले काठमाडौं मेडिकल कलेजमा काठमाडैंका दुईजना, ह्याम्स अस्पतालमा काठमाडौंका आठ र ललितपुरका एकजनमा संक्रमण पुष्टि भएको बताए ।
भक्तपुरस्थित नेपाल कोरिया मैत्री अस्पतालमा काठमाडौंका चार र भक्तपुरका एकजनामा संक्रमण देखिएको हो । त्यसैगरी वीरेन्द्र अस्पतालमा काठमाडौंका तीनजनामा संक्रमण पुष्टि भएको गौतमले जानकारी दिए ।
भेरी अस्पताल प्रयोगशालामा गरिएकाे परीक्षणमा ललितपुरका दुईजनामा संक्रमण पुष्टि भएकाे हाे ।